×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अदालतको शरणमा

PRIME CA

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अदालतको शरणमा

अर्थ सरोकार

प्रकाशित मिति : ११ पुष २०८०, बुधबार

काठमाडौँ । पाकिस्तानमा चुनाव नजिकिएसँगै राजनीतिक सरगर्मी बढ्दै छ । सार्वजनिक पदमा बस्न अयोग्य घोषित गरिएका पूर्वप्रधानमन्त्री इमरान खानलाई भने मुस्किल पर्ने देखिएको छ ।

तोशखाना मुद्दामा सजाय काटिरहेको इमरान सजाय रद्द गर्न माग गर्दै अहिले सर्वोच्च अदालत पुगेका छन् । उनलाई तल्लो अदालतबाट ३ वर्षको जेल सजाय र एक लाख पाकिस्तानी रुपैयाँ जरिवाना तोकिएको छ । उनलाई तल्लो अदालतका न्यायाधीशहरुले तोशखाना मुद्दामा भ्रष्टाचारको अभियोगमा दोषी ठहर गरेका थिए । अदालतले खानलाई पाँच वर्षसम्म कुनै पनि सार्वजनिक पदमा बस्न अयोग्य घोषित गरेको छ ।

अदालतको यो निर्णयविरुद्ध अधिवक्ता सरदार लतिफ खोसा इमरानको तर्फबाट सर्वोच्च अदालत पुगेका छन् । खानको कानुनी टोलीले डिसेम्बर २३ मा सर्वोच्च अदालतका रजिस्ट्रारलाई पनि अपील गरेको थियो । अदालतको आदेशका कारण खानले अब चुनाव लड्न पाउँदैनन् ।

तोशखाना प्रकरण के हो ?
पाकिस्तानको कानुन अनुसार विदेशी राज्यका गणमान्य व्यक्तिहरूबाट प्राप्त कुनै पनि उपहार राज्य डिपोजिटरी अर्थात् तोशाखानामा राख्नुपर्छ । यदि राष्ट्र प्रमुखले उपहार राख्न चाहन्छ भने उसले यसको मूल्य बराबरको रकम तिर्नुपर्नेछ । यो लिलामी प्रक्रिया मार्फत निर्णय गरिन्छ । यी उपहारहरू कि त तोशखानामा जम्मा हुन्छन् वा लिलामी गर्न सकिन्छ र यसबाट कमाएको पैसा राष्ट्रिय कोषमा जम्मा हुन्छ ।

सन् २०१८ मा सत्तामा आएका इमरान खानले आधिकारिक भ्रमणका क्रममा करिब १४ करोड रुपैयाँ बराबरका ५८ उपहार पाएका थिए । यी महँगा उपहारहरू तोशाखानामा जम्मा गरिएका थिए । पछि इमरान खानले सस्तो मूल्यमा तोशखानाबाट किनेर बजारमा चर्को मूल्यमा बेचेका थिए । उनले यो सम्पूर्ण प्रक्रियाका लागि खानले सरकारी कानुनमा पनि परवर्तन गरेको पाइएको थियो ।

इमरानले ती उपहारहरू तोशखानाबाट २.१५ करोडमा किनेका थिए र बेचेर ५.८ करोड रुपैयाँ नाफा कमाए । उपहारमा एउटा ग्राफ घडी, कफलिङ्कको एक जोडी, महँगो कलम, एउटा औंठी र चारवटा रोलेक्स घडीहरू पनि थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: