×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सम्झौता कार्यान्वयन नभएपछि नेरुडे लघुवित्तमा व्यवस्थापन र कर्मचारीबीच लफडा, आन्दोलनका कार्यक्रम सार्वजनिक 

अर्थ सरोकार

प्रकाशित मिति : २४ मंसिर २०८०, आईतवार

PRIME CA

सम्झौता कार्यान्वयन नभएपछि नेरुडे लघुवित्तमा व्यवस्थापन र कर्मचारीबीच लफडा, आन्दोलनका कार्यक्रम सार्वजनिक 

काठमाडौँ । कर्मचारीको सेवा सुविधा विषयमा भएका सम्झौता कार्यान्वयन नभएको भन्दै नेरुडे लघुवित्त वित्तीय संस्थामा कर्मचारीहरुले आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । कर्मचारी युनियनले संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई पत्र नै लेखेर आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको जानकारी दिएका हुन् ।
बढुवा हुनुपर्ने कर्मचारीको बढुवा नभएको, तलव बढ्नुपर्ने समय आउँदा पनि तलव नबढेको लगायतका कारण उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरुले सीइओलाई पत्र लेख्दै आफ्ना मागहरु सम्बोधन नभए पेन डाउन गर्ने, कालोपट्टी बाँधेर विरोध जाने,  र यति गर्दा पनि आफ्ना मागहरु पूरा नभए सम्पूर्ण शाखाहरु बन्द गर्ने चेतावनी दिएको छ ।
हेर्नुहोस् युनियनको पत्र:      
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: