×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डलब बनाइदिन्छु भन्दै एउटी महिलाले सिंगै गाउँ यसरी लुटिन्…!

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

डलब बनाइदिन्छु भन्दै एउटी महिलाले सिंगै गाउँ यसरी लुटिन्…!

Artha Sarokar

१ पुष २०८०, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । कैलालीमा एउटा सिंगै गाउ एक महिलाबाटै लुटिएको पाइएको छ । कैलालीको गोदवारी नगरपालिका–९ स्थित बल्मी गाउँ एक महिलाबाटै लुटिएको पाइएको हो ।

स्थानीयका अनुसार केही दिनअघि मात्रै गाउँमा देखिएकी ती महिलाले बल्मी गाउँका करिब २० भन्दा धेरै घरका महिलाहरुलाई एकैसाथ लुटेकी हुन् । उनले विभिन्न घरबाट सुन, चाँदी, नगद र काँस, पित्तल तथा तामाका लाखौँ मूल्य बराबरका भाँडाकुँडा लुटेकी हुन् ।

करिब चारपाँच दिनअघि मात्रै काखमा बच्चा च्यापेर बल्मी गाउँमा आएकी ती महिलाले स्थानीय महिलाहरुलाई विभिन्न प्रलोभन देखाउने गर्थिन् । उनले खासगरी पुरुष नभएको मौका छोपेर घरमै बस्ने महिलाहरुलाई प्रलोभनमा पार्ने गरेको स्थानीय महिलाहरुको भनाई छ । ‘ती महिलाको नाम, ठेगाना हामीलाई केही थाहा छैन । उनी आउँथिन् र पैसा तथा विभिन्न सामान दिए भोलिपल्ट त्यसको डबल फिर्ता दिने भन्थिन् र केही दिन हामीले दिएको पैसा अर्को दिन डबल गरेर फिर्ता पनि गरिन् ।’, एक स्थानीय महिलाले भनिन्, ‘पछि विश्वास गरेर हामीले सुन, चाँदीका गहना र भाँडाकुँडा दियौँ । तर, अहिले ती महिला फरार छिन् ।’

काखमा बच्चा च्यापेर हिँड्ने ती महिलाले पुरुष नभएको घरमा छानीछानी जाने र महिलाहरुलाई लुट्ने गरेको स्थानीयहरुले बताएका छन् ।

नाम, ठेगाना नखुलेकी ती महिलाले स्थानीय महिलाहरुबाट डबल गरिदिने भन्दै सुन, चाँदीका गहना तथा भाँडाकुँडाहरु लिने गर्थिन् । सुरुसुरुमा पुराना भाँडा लिएर नयाँ भाँडा दिँदै ती महिलाले स्थानीय महिलाहरुको विश्वास जितेकी थिइन् । पछि घरमा पुरुष नभएको मौका छोपेर उनले एकको दुई भन्दै पैसा, सुन, चाँदी, भाँडाकुडा लिएर अहिले फरार भएकी छिन् ।

स्थानीयका अनुसार ती महिलाले २० घरबाट १५ देखि २० तोला सुन, चाँदीका गहना, तामा, पित्तल र काँसका भाँडाकुडा र पैसा लिएर फरार भएकी छिन् । हाल हुलियाका आधारमा ती महिलाको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी