×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विपन्न परिवारका सदस्यको विवाह नगरपालिकाले गरिदिने ! 

PRIME CA

विपन्न परिवारका सदस्यको विवाह नगरपालिकाले गरिदिने ! 

२२ मंसिर २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । महोत्तरीको मनराशिसवा नगरपालिकाले विपन्न परिवारको सदस्यको विवाह गरिदिने भएको छ । पुस १ गते विवाह पञ्चमीको अवसरमा नगरपालिकाले विपन्न परिवारको सदस्यह विवाह गरिदिने भएको हो । नगरपालिकाले पुस १ गते विपन्न परिवारका सदस्यहरुको सामूहिक विवाह गरिदिने एक सूचना जारी गर्दै जानकारी दिएको छ । 

विपन्न परिवारका सदस्यको विवाहको लागि नगरपालिकाको ११औँ नगरसभाले कार्यक्रम नै स्वीकृत गरिसकेको छ । विवाहका लागि इच्छुक अभिभावकले २५ मंसिर भित्र वडा कार्यालय वा नगरपालिकाको सामाजिक विकास शाखामा नाम दर्ता गराउनुपर्नेछ । विवाहमा दलहा–दुलहीका लागि लुगा–कपडादेखि विवाहमा लाग्ने सम्पूर्ण खर्च नगरपालिकाले नै व्यहोर्ने छ । 

नगरपालिकाका अनुसार हरेक विवाह गर्ने जोडीलाई वैदिक परम्पराको विधिविधान अनुसार विवाह सम्पन्न गरिनेछ भने विवाह कार्यक्रमका क्रममा सम्पूर्ण व्यवस्थापन नगरपालिकाले गर्नेछ ।

नगरपालिकाले गरिदिने विवाह कार्यक्रममा बेहुला/बेहुलीको तर्फबाट बढीमा १५/१५ जनामात्र सहभागी हुनुपर्नेछ । त्यस्तै, विवाह हुने बेहुला/बेहुली मध्ये बेहुली अनिवार्य रुपमा नगरपालिकाको स्थानीय हुनुपर्ने पनि नगरपालिकाद्वारा जारी सूचना उल्लेख छ । योसँगै विवाह हुने बेहुला/बेहुलीको उमेर हद प्रचलित कानुन अनुसार पुगेको हुनुपर्नेछ । 

यस्तो छ नगरपालिकाद्वारा जारी सूचनाः

IMG_20231124_0001-1701945102
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: