×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ विकास बैंकको मनपरी, नियम मिचेर ‘दादागिरी’ देखाउन खोजेपछि सेयर कारोबार रोक्का !

PRIME CA

मुक्तिनाथ विकास बैंकको मनपरी, नियम मिचेर ‘दादागिरी’ देखाउन खोजेपछि सेयर कारोबार रोक्का !

अर्थ सरोकार

६ पुष २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडको सेयर कारोबार रोक्का गरिएको छ । नियम मिचेर ‘दादागिरी’ देखाउन खोजेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मुक्तिनाथ विकास बैंकको सेयर कारोबार रोक्का गरेको हो ।

बैंकले कारोबार समयमा धितोपत्र मूल्यमा प्रभाव पार्ने गरी संवेदनशील निर्णय गरेको भन्दै कारवाही गरिएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार बैंकले ५ पुष (बिहीबार) बजार समयमा सञ्चालक समितिको बैठक बसेर १०.२६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । धितोपत्र मूल्यमा प्रभाव पार्ने गरी कारोबार समयमा संवेदनशील निर्णय गरेको भन्दै कारवाहीस्वरुप कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।

कारोबार रोक्का गर्दै नेप्सेले बैंकसँग तीन दिनभित्रमा स्पष्टिकरण पेश गर्नसमेत निर्देशन दिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: