×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकको सिष्टम ह्याक गरेर ब्याज आफैँ चलाउने नेपाल बैंकका कर्मचारी अन्ततः जाने भए जेल !

अर्थ सरोकार

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलवार

PRIME CA

बैंकको सिष्टम ह्याक गरेर ब्याज आफैँ चलाउने नेपाल बैंकका कर्मचारी अन्ततः जाने भए जेल !

काठमाडौँ । नेपाल बैंकका शाखा प्रबन्धक भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । बैंकको डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालालाई विशेष अदालत काठमाडौँले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । न्यायाधीशहरु खुशीप्रसाद थारु, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठको इजलासले कोइरालालाई दोषी ठहर गरेको हो ।

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएसँगै बैंकको तत्कालीन शाखा प्रबन्धक कोइरालालाई सजाय निर्धारणका लागि पुष ११ गतेको इजलासमा पेश गर्न विशेष अदालतले आदेश दिएको छ ।

कोइरालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकको सिस्टम ह्याक गर्ने, बैंकमा जम्मा गर्नुपर्ने ब्याज आफैँ चलाएर बैंकलाई ठूलो नोक्सानी पुर्याएको भन्दै २०७७ असार ३१ गते भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

अख्तियारले गरेको अनुसन्धानका क्रममा उनले बैंकिङ सिस्टम अन्तर्गत व्यक्तिगत दिइएको अरु कसैले प्रयोग गर्न नमिल्ने टेलर आइडी र सिस्टम सुपर युजर विद्युतीय माध्यमको दुरुपयोग गरेको पाइएको थियो । यसरी उनले बैंकको ५४ लाख ८४ हजार रुपैयाँ विभिन्न खातामा जम्मा गरेको प्रमाणसमेत अख्तियारले फेला पारेको थियो । कोइरालामाथिको अनुसन्धान सकेर अख्तियारले उनीविरुद्ध ५४ लाख ८४ हजार ४५ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: