×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकको सीइओ नियुक्तिमा फर्स्ट राउण्डमै चलखेल, देउवाका घरभेटीका भाईसहित ४ कांग्रेसीजन अन्तिम दौडमा !

PRIME CA

नेपाल बैंकको सीइओ नियुक्तिमा फर्स्ट राउण्डमै चलखेल, देउवाका घरभेटीका भाईसहित ४ कांग्रेसीजन अन्तिम दौडमा !

२ पुष २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल बैंकको सीइओ नियुक्तिमा फर्स्ट राउण्डमै चलखेल गरेको पाइएको छ । बैंकको सीइओका लागि आवेदन दिएका १९ जनाबाट पाँच जनाको नाम ‘सर्ट लिष्टिङ’ गर्ने बेलामै चलखेल गरेको पाइएको हो । स्रोतका अनुसार सीइओको नियुक्तिका लागि ‘सर्टलिष्ट’मा पूर्वनिर्धारित नामहरु परेका छन् ।

यसो त नेपाल बैंकको सीइओ सत्तारुढ दलकै ‘एसम्यान’ हुने चर्चा यसअघि नै चलेको थियो । तर, ‘सर्टलिष्ट’मा पाँचजनामध्ये चार जना काँग्रेसीजन पर्नुले उक्त चर्चालाई थप प्रमाणित गरेको छ ।

स्रोतका अनुसार बैंकको सीइओका लागि आवेदन दिएर ‘सर्टलिष्ट’ परेकामध्ये धुव्रचन्द्र गौतम काँग्रेस सभापति शेरबहादुर देउवाका घरभेटीका भाई हुन् । त्यस्तै, ‘सर्टलिष्ट’मा परेका तिलकराज पाण्डेय, समता पन्त र लक्ष्मण पौडेल पनि काँग्रेस निकट हुन् । उनीहरुले पनि बैंकको सीइओ बन्न अर्थमन्त्री डा.प्रकाशशरण महतदेखि पार्टी सभापति शेरबहादुर देउवासँग भेटेरै लविङ गरिरहेको स्रोतको दाबी छ ।

‘सर्टलिष्ट’मा परेकामध्ये नेपाल बैंकको सीइओ बन्ने सम्भावना तिलकराज पाण्डेयको अधिक रहेको स्रोतको दाबी छ । यद्यपि बैंकको सीइओ बन्नका लागि अन्यहरु पनि शक्तिकेन्द्र धाउन थालिसकेको स्रोतले बताएको छ ।

‘सर्टलिष्ट’मा परेका अशोक कुमार पौडेल भने गैरकाँग्रेसी हुन् । उनी पनि बैंकको सिइओ बन्ने दौडमा देखिएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: