Skip to content
LAXMI SUNRISE BANK

प्रधानमन्त्रीको चासोपछि अघि बढ्यो नयाँ स्टकको प्रक्रिया, अध्ययन समिति गठन गरिने,बोर्डले पठायो औपचारिक पत्र

अर्थ सरोकार

काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले नयाँ स्टक एक्सचेन्जबारे चासो लिएपछि अव नयाँ एक्सचेन्जको प्रक्रिया सुरु हुने भएको छ। प्रचण्डबाट ग्रिन सिग्नल पाएपछि नै सेबोनले संचालक समितिको बैठकबाट सो प्रक्रिया अघि बढाउन मन्त्रीपरिषदलाई आग्रह गर्ने निर्णयसमेत गरेको छ भने अर्थ मन्त्रालयमा नयाँ स्टकको प्रक्रिया अगाडि बढाउन अनुरोधसहितको पत्र पठाएको छ । अव सोहि पत्रका आधारमा  मन्त्रिपरिषद्‍बाट नयाँ स्टकको लाइसेन्स दिनेबारे निर्णय गर्नेछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार अर्थसचिव कृष्णहरि पुष्कर, मन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख भूपाल बराल र राजस्व व्यवस्थापन महाशाखा प्रमुख रितेशकुमार शाक्यलाई बोलाएर नयाँ स्टक एक्सचेन्जको प्रक्रिया अगाडि बढाउने विषयमा छलफल गरेका थिए ।
यसअघि रास्वपाका सांसदले चलखेलको आरोप लगाएपछि प्रधानमन्त्री प्रचण्डले नयाँ स्टक एक्सचेन्जको प्रक्रिया रोकेका थिए ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार अव नयाँ स्टकको प्रक्रिया अगाडि बढाउन अध्ययन समिति गठन हुनेछ । सोहि अध्ययन समितिका आधारमा प्रक्रिया अगाडी बढ्नेछ । नयाँ स्टकका लागि  हिमालयन स्टक एक्सचेन्ज, नेस्नल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जले आवेदन दिएका छन् । यीमध्ये एकले नयाँ स्टकको लाइसेन्स पाउनेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK