×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अरुको जग्गाको नक्कली कागज बनाएर करोडौं ऋण दिने एनआईसी एशिया बैंकका मेनेजर जेल चलान !

PRIME CA

अरुको जग्गाको नक्कली कागज बनाएर करोडौं ऋण दिने एनआईसी एशिया बैंकका मेनेजर जेल चलान !

२ पुष २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । किर्ते कागज बनाई पौने तीन करोड ऋण दिएको प्रकरणमा एनआईसी एशिया बैंकका तत्कालीन शाखा प्रबन्धक सन्तोषकुमार यादवसहित तीन जना  पुर्पक्षका लागि जेल चलान भएका छन् । बैंकको राजविराजस्थित शाखामा भएको नक्कली ऋण प्रकरणमा बैंकका तत्कालीन प्रबन्धक यादव, बैंकका तत्कालीन कर्जा अधिकृत र नक्कली ऋणीहरु जेल चलान भएका हुन् ।
गत माघ २२ गते बैंकमा किर्ते जग्गाधनी पूर्जाउपर २ करोड ८० लाख रुपैयाँ स्वीकृत भएको र स्वीकृत रकममध्ये २ करोड ३० लाख रुपैयाँ आश्मा खातुनको नाममा दर्ता रहेको ‘एएस ट्रेडर्स एण्ड सप्लायर्स’लाई प्रवाह भएको थियो ।
तर, आफ्नो जग्गाको नक्कली पूर्जा बनाई बैंकबाट ऋणसमेत स्वीकृत भएको थाहा भएपछि सो जग्गाका वास्तविक धनी प्रहरीकहाँ पुगेका थिए । घटना बाहिरिएलगत्तै बैंकका प्रबन्धक यादवसहित बैंकका अन्य केही कर्मचारीहरु फरार भएका थिए । पछि बैंकलेसमेत सो कार्यमा संग्लनहरुलाई निलम्बन गरेको थियो भने फरार रहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।
बैंकका प्रबन्धक यादवसहित बैंकका अन्य केही कर्मचारीहरुले मालपोतका विभिन्न कर्मचारीसँग मिलेर राजविराज नगरपालिका–८ का रविन्द्रकुमार यादवको नाममा रहेको प्रसवनी–९ (ग) को कित्ता नम्बर २२१ को १० कठ्ठा ५ धुर जग्गाको किर्ते कागज बनाई, सो जग्गामा नक्कली धनी राजविराज नगरपालिका–९ की वसिरन खातुनलाई बनाई, सोहि जग्गा राखी बैंकबाट कर्जा प्रवाह भएको थियो ।
ऋण दिनका लागि बैंकका कर्मचारीको मिलेमतोमा रोक्का नम्बर १५१२०९८० एनएल ०००२२९० मा नक्कली जग्गा रोक्का गरिएको नाटकसमेत गरिएको थियो ।
सप्तरी जिल्ला अदालतका न्यायाधीश नविनकुमार जोशीको इजलाशले  बैंकका तत्कालीन शाखा प्रबन्धकसहित ३ जनालाई पूर्पक्षका लागि जेल चलान गराउने आदेश दिएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: