काठमाडौँ । नेपाल राष्ट्र बैंकले अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुका लागि मुद्रा सटही सुविधा बढाएको छ । विदेशी विनिमय कारोबार गर्न इजाजत पत्र प्राप्त निकायहरुलाई जारी परिपत्र–२०७९ मा संशोधन गर्दै राष्ट्र बैंकले मुद्रा सटही सुविधा बढाएको हो ।
योसँगै अब उच्च शिक्षा अध्ययनका लागि क्यानडा, अस्ट्रेलिया तथा अमेरिका लगायतका युरोपेली देश विद्यार्थीहरुले १२ हजार अमेरिकी डलरसम्मको सटही सुविधा पाउनेछन् ।
यसअघि अध्ययनका लागि विदेश जाने नेपालीहरुले १० हजार अमेरिकी डलरसम्मको मात्रै सटही सुविधा पाउँदै आएका थिए ।
त्यस्तै, यस्तो मुद्रा सटही सुविधा अधिकतम अमेरिकी डलर १५ सय वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्म प्रदान गर्न सकिने पनि राष्ट्र बैंकले जनाएको छ । तर भिसा आवेदनको हकमा सम्बन्धित दूतावास लगायत भिसा आवेदन शुल्क संकलन गर्न अधिकारप्राप्त निकायले परिवत्र्य विदेशी मुद्रामा नै भिसा शुल्क लिने व्यवस्था गरेमा (विद्युतीय माध्यम समेत) तोकिएको भिसा शुल्कसम्मको सटही सुविधा प्रदान गर्दा उल्लिखित अधिकतम अमेरिकी डलर १५ सयको सीमाले बाधा नपुग्ने राष्ट्र बैंकले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्