×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्वको सातौँ ठूलो बजार बन्यो भारतको एनएसई 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

विश्वको सातौँ ठूलो बजार बन्यो भारतको एनएसई 

Artha Sarokar

२७ मंसिर २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । भारतको नेसनल स्टक एक्सचेञ्ज (एनएसई) विश्वको सातौँ ठूलो बजार बनेको छ । वर्ल्ड फेडेरेसन अफ एक्सचेञ्जको तथ्यांक अनुसार नोभेम्बरको अन्त्यसम्ममा एनएसईले कुल बजार पूँजीकरण ३९ खर्ब ८९ अर्ब डलर पुर्याएर विश्वको सातौँ ठूलो बजार बन्न सफल भएको हो । 

यसअघि विश्वको सातौँ ठूलो बजार हङकङ रहेको थियो । यसअवधिमा हङकङको सेयर बजार पूँजीकरण ३९ खर्ब ८४ अर्ब डलर पुगेको छ ।

अहिले पनि एनएसईका प्रमुख सूचकहरु लगातार उकालो गतिमा लागिरहेका बेला हङकङका प्रमुख सूचकहरुमा भने निरन्तर गिरावट देखिएको छ । 

मंगलबार मात्रै एनएसई सूचक ‘निफ्टी ५०’ ले नयाँ अलटाईम हाई बनाएको थियो । योसँगै एशिया प्यासिफिक क्षेत्रमा भारत यस वर्ष सबैभन्दा राम्रो ‘पर्फमेन्स’ दिने बजारका रुपमा स्थापित भएको छ । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी