Skip to content
LAXMI SUNRISE BANK

प्रचण्डले भने- ‘दोस्रो वर्षको सुरुवात नयाँ धक्का दिएर गर्छु’

अर्थ सरोकार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड)ले आफ्नो कार्यकालको दोस्रो वर्ष नयाँ धक्का दिएर सुरु गर्ने बताएका छन् । शुक्रबार सुनसरीमा निर्माण गरिएको नेपाल विद्युत प्राधिकरणको चार सय केभी विद्युत् प्रसारण सवस्टेशन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले आफ्नो कार्यकालको पहिलो वर्ष सकिँदै गर्दा अर्को क्रमभङ्ग गर्ने बताए । ‘प्रधानमन्त्री भएर कार्यकाल सुरु गरेको एक वर्ष पुग्दैछ । एक वर्ष पुरा भएपछि मैले नयाँ ढंगले धक्का दिएर सुरु गर्दैैछु ।’, उनले भने, ‘म साच्चै क्रमभङ्ग गर्दैछु ।’

त्यस्तै, दोस्रो वर्षको सुरुवात नयाँ धक्का दिएर गर्ने भन्दै गर्दा प्रधानमन्त्री प्रचण्डले जनताबाट साथ पाउने विश्वास पनि व्यक्त गरेका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK