×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सुर्तीजन्य पदार्थ माथिको प्रतिबन्धले व्यवसायी मर्कामा परे’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘सुर्तीजन्य पदार्थ माथिको प्रतिबन्धले व्यवसायी मर्कामा परे’

Artha Sarokar

२८ मंसिर २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सुर्तिजन्य पदार्थ माथिको प्रतिबन्धले व्यवसायी मर्कामा परेको बताएका छन् । उनले काठमाडौँ महानगरपालिकाले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाएपछि साना व्यवसायी मारमा परेको बताएका हुन् । 

महानगरभित्र सार्वजनिक स्थलमा सुर्तिजन्य पदार्थ र धुम्रपान सेवन गर्न रोक लगाउने कुरा स्वागतयोग्य भएपनि कारोबार नै गर्न नदिने कुराले साना व्यवसायीहरु मारमा पर्ने मल्लको भनाई छ ।

‘सार्वजनिक स्थलमा सुर्तिजन्य पदार्थ र धूम्रपान सेवन गर्न नहुने कुरा स्वागतयोग्य छ ।’, उनले भने, ‘तर कारोबार नै गर्न नदिने कुराले चाहिँ साना व्यवसायीलाई मार पर्छ । सार्वजनिक स्थलमा सेवन निषेध गरे पनि कारोबारलाई भने बन्द गरिनु हुँदैन ।’ 

काठमाडौं महानगपालिकाले मंसिर २८ गतेदेखि महानगरभित्र सुर्तिजन्य पदार्थ बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाएको छ । यसका लागि महानगरले सहरका मुख्य चोकहरुमा ५० जना नगर प्रहरी समेत परिचालन गरेको छ । महानगरले आफ्नो क्षेत्रभित्रका पसलको अनुगमन गर्दा सुर्तीजन्य पदार्थ भेटिएमा दुई पटकसम्म जफत गर्ने र तेस्रो पटकमा पसल नै बन्द गरिने चेतावनी दिएको छ । त्यस्तै, सार्वजनिक स्थलको १ सय मिटर वरपर बसेर धूम्रपान गरेको भेटिए एक सय रुपैयाँ जरिवाना गर्ने जनाएको छ । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी