×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अर्थतन्त्र बिग्रिनुमा दोष प्रणालीको हो, दीर्घकालीन सुधारका लागि प्रणालीनै व्यवस्थित गर्नुपर्छ’- रमेश हमाल

PRIME CA

‘अर्थतन्त्र बिग्रिनुमा दोष प्रणालीको हो, दीर्घकालीन सुधारका लागि प्रणालीनै व्यवस्थित गर्नुपर्छ’- रमेश हमाल

१५ मंसिर २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नेपालको आर्थिक प्रणालीलाई दीर्घकालीन रुपमा सबल र सन्तुलित बनाउन माइक्रो र साना मिडियमका इन्टरप्राइज (एमएसएमइज) का लागि उल्लेखनीय रुपमा प्रोटोकल, प्रणाली र सम्पूर्ण इकोसिस्टम विकास गर्नु अत्यावश्यक भएको बताएका छन् । काठमाडौँमा सेजनको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष हमालले यस्तो बताएका हुन् ।

नेपालमा अर्थतन्त्र समस्यामा पर्नुमा समग्रमा ‘माइण्डसेट’ र काम गर्ने प्रणालीमै समस्या भएकाले त्यसलाई सुधार्न अत्यावश्यक भएको हमालको धारणा छ । उनले अर्थतन्त्रलाई दीगो रुपमा सन्तुलित सबल बनाउन कार्य गर्ने प्रणालीमै सुधार आवश्यक भएको बताएका छन् ।

धेरै तहबाट लिनुपर्ने लगानी स्वीकृतिको कारण पनि नेपालमा लगानी कम आएको हमालको भनाई रहेको छ । ‘लगानीमा हाम्रो समग्र माइण्डसेट र कार्य गर्ने प्रणालीमै समस्या छ ।’, उनले भने, ‘सार्वजनिक वा बाह्य संस्था, कार्य सम्पन्न गर्न सक्ने वर्क कल्चर, वर्क बेस रिसर्च, गहन अध्ययन र प्रणालीको विकास गर्ने कुराको अभाव हामीकहाँ छ । यसमा अध्ययन अनुसन्धान गरी कार्यान्वयनमा जानुपर्ने छ ।’

त्यस्तै, संसारका कतिपय मुलुकहरुमा एफडिआइ सम्बन्धी स्वीकृति लिन ‘अप्रुभल सिस्टम’ कम रहेको भन्दै उनले नेपालमा ‘मल्टिपल लेयर अफ अप्रुभल सिस्टम’ ले गर्दा पनि लगानी भित्र्याउन चुनौती रहेको बताएका छन् । नेपालको अर्थतन्त्रलाई नयाँ युगमा पुर्याउनका लागि साना तथा मझौला व्यवसाय हुर्कन सक्ने सम्पूर्ण वातावरण तयार गर्नुपर्नेमा बोर्ड अध्यक्ष हमालले जोड दिएका छन् ।

‘विशेषगरी नेपालको अर्थिक प्रणालीलाई दीर्घकालीन रुपमा सवल सन्तुलित बनाउन नेपालको माइक्रो र स्मल मिडियम इन्टरप्राइजको लागि सम्पूर्ण इकोस्टिम निर्माण गर्न जरुरी छ । विकसित देशको अर्थ इकोसिस्टम पनि एमएसएमइज ९० प्रतिशत अर्थतन्त्र हो देशको । नेपालको अर्थतन्त्रलाई अर्को युगमा प्रवेश गराउन एमएसएमइजमा उल्लेखनीय प्रोटोकल, प्रणाली र सम्पूर्ण इकोसिस्टम विकास गर्नु अतिआवश्यक छ ।’ हमालले भने ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: