×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बजारलाई खुला नछोडेसम्म व्यवसाय फस्टाउँदैन’- रमेश हमाल

अर्थ सरोकार

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार

PRIME CA

‘बजारलाई खुला नछोडेसम्म व्यवसाय फस्टाउँदैन’- रमेश हमाल

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बजारलाई खुला नछोडेसम्म व्यवसाय फस्टाउन नसक्ने बताएका छन् । शुक्रवार काठमाडौंमा नबिल बैंक लिमिटेडको सहायक कम्पनी नबिल स्टक डिलर लिमिटेडको औपचारिक उद्घाटन र स्टक डिलर धितोपत्र कारोबारको शुभारम्भको अवसरमा बोल्दै बोर्ड अध्यक्ष हमालले यस्तो बताए हुन् । 

कार्यक्रममा बोल्दै उनले नियामक निकायहरुको भूमिका बजारको विकासलाई दीर्घकालीन र स्थिरता दिनुपर्ने रहेको बताएका छन् । ‘बजार फैलिने क्रममा छ । बजारको विकासलाई दीर्घकालीन, सस्टेनसस्टेनेबिलिटी दुई वटा कुरामा जोड्नुपर्नेछ ।’, उनले भने, ‘गभर्नेन्सको प्रोटोकलमा हामीले उल्लेखनीय प्रगति गरिसकेका छौँ । तर त्यसमा हामी सबैको मार्केटसँग आवद्ध भएका नियामकहरुको काम गर्ने प्रणालीमा बदलाव ल्याउनुपर्छ । हामी पुरानै मानसिकतामा रह्यौँ भने अघि बढ्न सक्दैनौँ ।’  

त्यस्तै, अध्यक्ष हमालले सरकारले लिने कडा नीतिले बजार फस्टाउन नसक्ने दाबी गरेका छन् । राज्य र नियामकले जति स्वतन्त्रता दिन सक्छ, व्यवसाय त्यति नै फैलिने भएकाले बजारलाई खुला छोड्नुपर्ने बताए । 

बजारमा कुनैपनि कुराहरु सबै लगानीकर्ता र विशेष गरी साना लगानीकर्ताको लाभमा नभए त्यस्ता नीति तत्काल परिवर्तन गर्ने हमालले बताए । ‘बजारमा कुनै पनि कुराहरु यदी त्यसले बजारमा लगानीकर्ताको ओभरल लगानीकर्ता तथा साना लगानीकर्ताको लाभमा छैन भने त्यस्ता नीति तुरुन्तै परिवर्तन गर्न सक्छौँ ।’, अध्यक्ष हमालले भने, ‘त्यो विज्ञता हामीसँग छ ।’ 

त्यस्तै , बोर्ड अध्यक्ष हमालले आगामी दिनमा नेप्सेले आफ्नो वेबसाइटमा लगानीकर्ताले सजिलोसँग हेर्न सक्ने गरी सम्पूर्ण तथ्यांकहरु राख्नुपर्ने पनि बताएका छन् । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: