×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘राष्ट्र बैंक नाफाखोर बन्यो, ढंगले बजार चलाउन नसक्ने नेप्सेमा मनपरी छ, रमेश हमाल हिरो हुन्’- रोहन कार्की (अन्तर्वार्ता)

अर्थ सरोकार

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार

PRIME CA

‘राष्ट्र बैंक नाफाखोर बन्यो, ढंगले बजार चलाउन नसक्ने नेप्सेमा मनपरी छ, रमेश हमाल हिरो हुन्’- रोहन कार्की (अन्तर्वार्ता)

काठमाडौँ । सेयर लगानीकर्ता रोहन कार्कीले नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ढंगले बजार चलाउन नसकेको आरोप लगाएका छन् । अर्थ सरोकार डटकमको भिडियो कार्यक्रम मार्केट टकमा कुराकानी गर्दै लगानीकर्ता कार्कीले बिग्रिरहने नेप्सेको थोत्रो सिस्टमले बजारलाई अहिलेको माग अनुसार सही तरिकामा चलाउन नसकेको आरोप लगाएका हुन् । उनले अहिलेकै अवस्थामा नेप्सेले बजार धान्न नसक्ने दाबी गर्दै अन्तराष्ट्रिय स्तरको नयाँ स्टक एक्सचेञ्जको आवश्यकता औँल्याएका छन् । 

त्यस्तै, कार्कीले पछिल्लो समय नेपाल राष्ट्र बैंक पनि नाफाखोर बनेको बताएका छन् । सारा व्यवसाय घाटामा गएका बेला, अर्थतन्त्र संकटमा परेका बेला, सेयर लगानीकर्ता मर्ने स्थितिमा पुग्दा पनि राष्ट्र बैंक नाफा हुनुले राष्ट्र बैंक नाफाखोर भएको प्रष्ट पार्ने कार्कीको भनाई छ । साथै उनले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सेयर बजारको विरोधी भएको आरोप पनि लगाएका छन् । अहिले सेयर बजारमा देखिएको शिथिलताको मुख्य कारण नै राष्ट्र बैंक भएकाले गभर्नरले सोच्नुपर्ने बेला भएको पनि बताएका छन् । 

सँगै उनले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालको भने खुलैरै प्रशंसा गरेका छन् । बोर्डको नेतृत्वमा हमाल आएसँगै सेयर बजार सुधार र विस्तारमा धेरै राम्रा काम भएको दाबी गर्दै लगानीकर्ता कार्कीले बोर्ड अध्यक्ष हमाललाई ‘सेयर बजारको हिरो’को संघ्यासमेत दिएका छन् । हमालको कार्यकाल सकिन लागेसँगै अहिले बोर्डको नयाँ अध्यक्ष बन्नका लागि दौडधुप र लबिङ चलिरहेका बेला सेयर बजार र सेयर लगानीकर्ताका लागि हमाल बाहेक अरु व्यक्ति बोर्ड अध्यक्ष बन्न उपयुक्त नहुने कार्कीको भनाई छ । लगानीकर्ता कार्कीसँग गरिएको कुराकानीको पूरा अंश भिडियोमा हेर्नुहोस्ः 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: