काठमाडौँ । सानिमा बैंकले ‘स्टाफ मिटिङ’ भन्दै बैंक ढिलो खोलेर सेवाग्राहीलाई दुःख दिएको पाइएको छ । बैंकको हेटौँडा शाखाले आइतबार अफिस समय सुरु भइसक्दा पनि शाखा नखोलेपछि सेवाग्राही समस्यामा परेका हुन् । समयमा बैंक नखुलेपछि सेवाग्राही बैंकको गेटमै लामो समय कुर्न बाध्य भएका थिए ।
आइतबार बैंकले समयमा कारोबार सुरु नगरेपछि मर्कामा परेको एक सेवाग्राहीले गुनासो गरेका छन् । ‘कार्यालय खुल्ने समय ९ः४५ लेखिएको छ तर १०ः१५ हुँदा पनि शाखा सञ्चालनमा आएको छैन । कर्मचारीलाई सोध्दा स्टाफ मिटिङ छ, केही समयमा खुल्छ भन्छन् । हामी सेवाग्राहीहरु बैंकको गेटमै कुर्न बाध्य छौँ ।’, ती सेवाग्राहीले भने, ‘बैंकमा छिटो जाने भनेकै हतार हुने वा अन्य काममा व्यस्त हुनेहरु हुन् तर बैंकले समयमा सेवा नदिँदा समस्या पर्यो, कुर्दाकुर्दा दिमाग खराब भइसक्यो ।’
यता बैंकले भने सिस्टममा समस्या देखिएपछि शाखा केहीबेर ढिला खुलाएको स्वीकारेको छ । अर्थ सरोकारसँग कुराकानी गर्दै बैंकको हेटौँडा शाखामा शाखा प्रबन्धक रोशन मल्लले भने– ‘हो, अफिस खुल्न केही समय ढिला भएको हो । अहिले अफिस खुलिसक्यो, कारोबार भइरहेको छ ।’
शाखा प्रबन्ध मल्लका अनुसार आइतबार बैंकको सिस्टममा समस्या देखिएपछि केही समय अफिस ढिला गरि खुलेको थियो । ‘समस्या देखिइरहँदा अफिस खोलेर के गर्ने ? त्यसैले छलफल गरेर समस्या समाधान गर्दा केही ढिला भएको हो । अहिले कारोबार राम्रैसँग भइरहेको छ ।’, उनले भने ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्