काठमाडौँ । विभिन्न प्लेटफर्ममा लाइभका नाममा सेयरको स्क्रिप्ट नै तोकेर किन्नु वा बेच्नु भन्नेहरु विरुद्ध उजुरी बढ्न थालेपछि नेपाल धितोपत्र बोर्डले सार्वजनिक रुपमै चेतावनी दिएर त्यसो नगर्न भनेको छ । बोर्डले एक सार्वजनिक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमार्फत सेयर खरिद बिक्री गर्न उत्साहित गराउने जानकारी सम्प्रेषण नगर्न आग्रह गरेको छ । बोर्डले विभिन्न सञ्चार माध्यम, फेसबुक, युटयुव, क्लवहाउसजस्ता सामाजिक सञ्जालमार्फत नेप्सेमा सूचीकृत कम्पनीको सेयर मूल्य बढ्ने वा घट्ने भन्दै सेयर खरिद वा बिक्री गराउन उत्साहित गर्ने सूचना सम्प्रेषण नगर्न आग्रह गरेको हाे । यस्तो आग्रह यसअघि पनि हुने गरेको थियो । तर यसपाली नाम, लाइफको भिडियो रेकर्डसहित केहि निश्चित व्यक्तिहरुविरुद्ध उजुरी नै परेपछि बोर्ड तातिएको हो ।
‘धितोपत्र सम्बन्धी ऐन, २०६३ ले कसैलाई धितोपत्र कारोवारमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्न आफैले वा अरुसँग मिली धितोपत्र किन्न वा बेच्न उत्साहित गराउन बर्जित गरेको र सो गरेमा धितोपत्र कारोवार सम्बन्धी कसूर गरेको मानिने व्यहोरा जानकारी गराउँदै सञ्चार माध्यम तथा सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट टिका टिप्पणी तथा सूचना सम्प्रेषण गरी निश्चित सेयरहरु खरिद तथा बिक्री गर्न वा नगर्न अभिप्रेरित गर्ने वा बजारको स्वतन्त्र रुपमा सञ्चालन हुने व्यवस्थालाई प्रभाव पार्ने उद्देश्यले त्यस्तो कार्य नगर्न नगराउन तथा त्यस्ता कार्यहरु अविलम्व रोक्न सूचित गरिन्छ’, सूचनामा भनिएको छ ।
यसअलावा बोर्डले केहि व्यक्तिहरु विरुद्ध साइबर अपराधको कसुरमा कानुनी उपचारको तयारीसमेत गरेको छ । ‘अहिलेलाई सार्वजनिक रुपमा चेतावनीमात्र दिईएको छ । यो चेतावनीले नपुगे पछि सिधै कार्वाहीको प्रक्रिया अगाडी बढ्नेछ ।’ बोर्डका उच्च अधिकारीले अर्थ सरोकारसँग भने ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्