×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेबोनका दुईमध्ये एक कर्मचारी संगठनको विज्ञप्ति एकाएक किन आयो ? ‘अरुले लेख्न लगाएको’ आरोपमा यसो भन्छन् अध्यक्ष…

PRIME CA

सेबोनका दुईमध्ये एक कर्मचारी संगठनको विज्ञप्ति एकाएक किन आयो ? ‘अरुले लेख्न लगाएको’ आरोपमा यसो भन्छन् अध्यक्ष…

१५ मंसिर २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्षको कार्यकाल केहि समयमात्र बाँकी रहेको समयमा बोर्डमा रहेका दुई संगठनमध्येको एक नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले एक विज्ञप्ति जारी गर्दै बोर्ड र बोर्ड नेतृत्वप्रति आईरहेका समाचारको स्पष्ट खण्डन नआएको भन्दै चिन्ता व्यक्त गरेको छ । दुई संगठनमध्ये तुलनात्मक रुपमा थोरै कर्मचारी आवद्ध रहेको सो संगठनका अध्यक्ष नारायण कुमार पौडेल र सचिव राज कुमार पण्डितले हस्ताक्षर गरेको सो विज्ञप्तिमा व्यापारिक समूह हाबी भयो भन्ने विषयमा आफुहरु चिन्तित रहेको उल्लेख छ ।
तर बोर्ड अध्यक्षको कार्यकाल सकिनै लाग्दा संगठनलाई यति धेरै चिन्ता एकासी किन भयो भन्ने प्रश्न उठेको छ । यतिसम्मकि बोर्डभित्रकै अन्य कर्मचारीहरुले संगठनको सो विज्ञप्ति अवको अध्यक्षका प्रत्यासीका रुपमा आफुलाई अगाडी बढाउन खोजेका एक हाकिमले ‘लेख्न लगाएको’ आरोपसमेत लगाएका छन् । ‘रमेश कुमार हमालको कार्यकाल सकिँदैछ । महत्वकांक्षीहरु बोर्डभित्रै हुनुहुन्छ । विज्ञप्ति निकालेर के गर्न खोजिएको हो भन्ने कुरा अलिअलि हामीले पनि बुझेका छौँ ।’ बोर्डका एक उच्च अधिकारी भन्छन्- ‘अहिले नै आएर चिन्ता हुनु, अर्को संगठनलाई चिन्ता नभएर एउटालाई मात्र चिन्ता हुनु, अरु कुरामा कम चिन्ता भएर यहि कुरामा बढी चिन्ता हुनु, र चिन्ता हुनुको पछाडी अरुका पनि चिन्ता होलान् कि भन्ने चिन्ता लागेको छ ।’
यता संगठनका अध्यक्ष पौडेलले भने आफुले कसैले लेख्न लगाएर विज्ञप्ति नलेखेको भन्दै सो आरोपको खण्डन गरेका छन् । ‘हामी कसैले विज्ञप्ति लेख्न लगाएर लेख्ने गर्दैनौँ । हामी बोर्डको नेतृत्वमाथि लागेको विषयमा गम्भीर छौँ र गलत भए छानविन हुनुपर्यो, होइन भने बाहिर आएका कुराहरुको खण्डन हुनुपर्यो भन्नेमा मात्र छौँ । हामी कर्मचारीहरुको हकहितका लागि लाग्ने संगठन भएकोले हाम्रो बोर्डप्रतिको आक्षेपमा ध्यानाकर्षण भएको मात्र हो ।’
उनले को अध्यक्ष आयो र गयोसँग आफुहरुलाई खास चासो नरहेकोसमेत दाबी गरेका छन् । ‘हामीलाई को अध्यक्ष आयो, गयो वा को आउँदैछ भन्ने विषय महत्पूर्ण होइन । त्यसैले यो विज्ञप्ति कसैले लेखाएको भन्ने कुरा सरासर झुटो हो । बाँकी विज्ञप्तिमा स्पष्ट छ ।’ उनले भने ।
यता बोर्डभित्र पनि हमाल दोहोरिन लागेको चिन्तामा यस्तो विज्ञप्ति आएको चर्चा सुरु भएको छ । यद्यपी यो आरोप गलत भएको अध्यक्ष पौडेलको दाबी छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: