×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘लकइन’ खुल्नुभन्दा ३० दिनअघि नै सूचना जारी गर्न निर्देशन

अर्थ सरोकार

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार

PRIME CA

‘लकइन’ खुल्नुभन्दा ३० दिनअघि नै सूचना जारी गर्न निर्देशन

काठमाडौँ । नियामक नेपाल धितोपत्र बोर्डले ‘लकइन’मा रहेको सेयर खुल्नुभन्दा ३० दिनअघि नै लगानीकर्ता र सरोकारवालालाई जानकारी गराउन निर्देशन दिएको छ । बोर्डले सूचीकृत संस्था, नेप्से र सिडिएसलाई ‘लकइन’मा रहेको सेयरको ‘लकइन’ खुल्नुभन्दा ३० दिनअघि सूचना जारी गरी सबैलाई जानकारी दिन निर्देशन दिएको हो । 

बोर्डको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्देशन जारी गर्ने निर्णय गरेको थियो । धितोपत्र बजारमा हुने कारोबारलाई थप व्यवस्थित र पारदर्शी बनाउनका लागि यस्तो निर्देशन दिएको बोर्डले जनाएको छ ।

योसँगै अब सूचीकृत कम्पनीले ‘लकइन’ अवधि सकिनुभन्दा ३० दिनअघि नै ‘लकइन’ अवधि सकिनेबारे सूचना आफ्नो वेबसाइटमा राख्नुपर्नेछ । 

त्यस्तै, कम्पनीहरुले आफ्नो वेबसाइटमा सूचना सार्वजनिक गरेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)सिडिएससीले पनि सो सम्बन्धी सूचना कम्पनीमा सूचना जारी भएको मितिदेखि लकइन अवधि समाप्त भएपछिको एक हप्तासम्म वेबसाइटमा अनिवार्य राख्नुपर्नेछ ।

योसँगै ‘लकइन’मा रहेको कुल सेयर संख्या, ‘लकइन’ अवधि समाप्त हुने मिति समेत स्पष्ट रुपमा खुल्ने गरी सार्वजनिक जानकारीको लागि सार्वजनिक सूचना प्रकाशन गर्नुपर्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: