काठमाडौँ । नियामक नेपाल धितोपत्र बोर्डबाट उद्योग वाणिज्य महासंघको प्रतिनिधि हटाउने तयारी गरिएको छ । स्वार्थको द्वन्द बढेपछि धितोपत्रसम्बन्धी ऐन २०६३ मा संशोधन गर्दै बोर्डको सञ्चालक समितिबाट महासंघको प्रतिनिधि हटाउने तयारी गरिएको हो ।
बोर्डबाट महासंघको प्रतिनिधि हटाउने गरी ऐन संशोधनको मस्यौदा समेत तयार पारिएको छ ।
बोर्ड स्रोतका अनुसार ऐन संशोधनको मस्यौदामा अर्थ मन्त्रालयले समेत सहमति दिएको छ । अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा भएको छलफलपछि बोर्डबाट महासंघको प्रतिनिधि हटाउने विषयमा अर्थ मन्त्रालयले पनि सहमति दिएको हो ।
बोर्डले यसअघि महासंघको प्रतिनिधिलाई बोर्डको सञ्चालक समिति सदस्य बनाउँदा स्वार्थको द्वन्द हुने भन्दै बोर्डबाट महासंघको प्रतिनिधि हटाउने प्रस्ताव गरेको थियो । सोही प्रस्ताव अनुसार हाल बोर्डबाट महासंघको प्रतिनिधि हटाउने तयारी गरिएको हो ।
पछिल्ला दिन निजी क्षेत्रले सेयर निष्कासन गर्ने क्रम बढिरहेको र महासंघबाट बोर्डमा जाने अधिकांश प्रतिनिधि सूचीकृत कम्पनीका सञ्चालक हुने भएकाले पनि स्वार्थको द्वन्द हुने भन्दै बोर्डको सञ्चालक समितिबाट महासंघको प्रतिनिधि हटाउने गरी ऐन संशोधनको मस्यौदा बनाइएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्