×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकमा जस्तै धितोपत्र बोर्डमा पनि डेपुटी अध्यक्ष राख्ने प्रस्ताव अर्थ मन्त्रालयमा, अर्थमन्त्री भन्छन्- ‘हुन्न’ 

GLOBAL IME BANK

राष्ट्र बैंकमा जस्तै धितोपत्र बोर्डमा पनि डेपुटी अध्यक्ष राख्ने प्रस्ताव अर्थ मन्त्रालयमा, अर्थमन्त्री भन्छन्- ‘हुन्न’ 

२६ मंसिर २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा राष्ट्र बैंकमा जस्तै डेपुटी अध्यक्ष राख्ने प्रस्तावमा अर्थ मन्त्रालयले असहमति जनाएको छ । डेपुटी गभर्नरजस्तै डेपुटी अध्यक्ष राख्नेगरी बोर्डले तयार गरेको ऐन संशोधनको मस्यौदामा अर्थ मन्त्रालयले असहमति जनाएको हो । 

बोर्डमा डेपुटी अध्यक्ष राख्ने प्रस्तावमा अर्थमन्त्रीले सिधै ‘हुन्न’ भनेपछि उक्त प्रस्तावमाथि मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले असहमति जनाएको हो ।

बोर्डले मन्त्रालयमा कार्यकारी निर्देशकहरुबाटै एकजनालाई बोर्डको डेपुटी अध्यक्ष बनाउने सकिने गरी ऐन संशोधनको प्रस्ताव गरेको थियो । तर, मन्त्रालयले धितोपत्र बोर्डमा डेपुटी अध्यक्ष आवश्यक नभएको निष्कर्ष निकालेको छ । 

यता मन्त्रालयले बोर्डको सञ्चालक समितिबाट उद्योग वाणिज्य महासंघको प्रतिनिधि हटाउने गरी तयार पारिएको ऐन संशोधनको मस्यौदामा भने सहमति जनाएको छ । महासंघको प्रतिनिधि बोर्डको सञ्चालक समितिमा हुँदा स्वार्थको द्वन्द्व हुने भन्दै मन्त्रालयले महासंघको प्रतिनिधि हटाउने विषयमा सहमति जनाएको हो । 

महासंघको प्रतिनिधि हटाउने कुरामा सहमति जनाए पनि मन्त्रालयले डेपुटी अध्यक्ष बनाउने विषयमा असहमति जनाएपछि बोर्डको सञ्चालक समितिको संरचनाको विषय भने टुँगोमा लाग्न सकेको छैन । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: