काठमाडौं । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ३६.८६ अंकले बढेर १९८५.४४ बिन्दुमा पुगेको हो ।
मंगलबार नेप्सेमा कुल २९७ कम्पनीको १ करोड २४ लाख ६३ हजार १ सय ६८ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ३० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको १८ करोड ७ लाख ११ हजार ४ सय ८८ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा बोटलर्स नेपाल (बालाजु) लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा धौलागिरी लघुवित्त वित्तीय संस्था, नेपाल रिपब्लिक मिडिया, सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड, सानिमा लार्ज क्याप फण्ड र मानुषी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच मंगलबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको १८ करोड ७ लाख ११ हजार ४ सय ८८ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, माउनटेन इनर्जी नेपाल, सोल्टी होटल र सिटिजन्स लाइफ इन्स्योरेन्समा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको हो । सीवाईसी नेपाल लघुवित्तमा यस्तो गिरावट आउँदा सिंगटी हाइड्रो इनर्जी, छिमेक लघुवित्त वित्तीय संस्था, गणपति लघुवित्त वित्तीय संस्था र प्रभु सेलेक्ट फण्डमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्