×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झिनो अंकनै सहि, बिहीबार पनि बढेरै बन्द भयो नेप्से, कारोबार रकमको संकेत पनि बुलकै !

PRIME CA
GLOBAL IME BANK

झिनो अंकनै सहि, बिहीबार पनि बढेरै बन्द भयो नेप्से, कारोबार रकमको संकेत पनि बुलकै !

२८ मंसिर २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले बढेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक ६.५५ अंकले बढेर १९९४.६० बिन्दुमा पुगेको हो ।

बिहीबार नेप्सेमा कुल ३०० कम्पनीको ९६ लाख ३७ हजार ४ सय ५५ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब १५ करोडमाथिको सेयर कारोबार भएको छ । आज पनि सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको १६ करोड ४ लाख ७८ हजार ४ सय ३१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस्तै बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा बोटलर्स नेपाल (बालाजु) लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा हिमालयन लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो डिभलपर्स, नेपाल रिपब्लिक मिडिया, नेपाल इन्स्योरेन्स र दोल्टि पावर कम्पनीका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको १६ करोड ४ लाख ७८ हजार ४ सय ३१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस अलावा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, हाथवे इन्भेस्टमेन्ट नेपाल, शिवम् सिमेन्ट, आइएमई लाइफ इन्स्योरेन्स र सिटिजन्स लाइफ इन्स्योरेन्समा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको हो । गुराँस लघुवित्तमा यस्तो गिरावट आउँदा मानुषी लघुवित्त वित्तीय संस्था, सीवाईसी नेपाल लघुवित्त, ८.५% माछापुच्छ्रे डेबन्चर २०८७ र ग्लोबल आइएमई ब्यालेन्स फण्ड-१ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: