×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बल्ल बल्ल आउन लागेको बुलमाथि करभारको प्रहार, अव के होला सेयर बजार ?

अर्थ सरोकार

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहीबार

PRIME CA

बल्ल बल्ल आउन लागेको बुलमाथि करभारको प्रहार, अव के होला सेयर बजार ?

काठमाडौँ । बजार बुलिस लयमा लाग्न लागेका बेला सर्वोच्च अदालतको फैसलाले सेयर बजार प्रभावित पार्ने अनुमान गरिएको छ । केहि बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले ठुलो मात्रामा कर बुझाउनुपर्ने भएपछि ती संस्थाहरुको नाफामा संकुचन आउँदा त्यसको सिधा असर सेयर बजारमा देखिने अनुमान गरिएको हो ।

यद्यपी सो असर लामो समयसम्म भने नजाने जानकारहरुको ठम्याई छ । भलै कर तिर्नुपर्ने दायित्व थपिएका संस्थाहरुको हकमा ती कम्पनीको सेयर मूल्य प्रभावित हुने लगभग निश्चित छ ।

लगानीकर्ता शिवचन्द्रले केहि समय बजारको गतिमा कमी आउन सक्ने सम्भावनालाई औंल्याएका छन् । यद्यपी, केहि समय अदालतको निर्णयले बजारलाई केहि प्रभावित पारे पनि लामो समयसम्म भने यसको प्रभाव नपर्न सक्ने अर्का अग्रज लगानीकर्ता सुबास चन्द्र भट्टराईको भनाई छ ।

विभिन्न बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले हालेको रिट खारेज भएसँगै अव सिटिजन्स बैंकले अव १ करोड ३९ लाख १४ हजार ७८० रुपैयाँ कर बुझाउनुपर्ने भएको छ । यस्तै नेपाल बैंकले९५ करोड ४९ लाख ८२ हजार ३३२ रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट बैंकले १ अर्ब ३६ लाख ३१ हजार २९० रुपैयाँ, एनएमबि बैंकले ७९ करोड ७९ लाख १९ हजार ८९४ रुपैयाँ , नेपाल एसबीआई बैंकले १ करोड ७९ लाख ७१ हजार ८०८ रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ९१ करोड ३२ लाख ५५ हजार ९८० रुपैयाँ, पोखरा फाइनान्सले ३ करोड ५४ लाख १२ हजार ५१६ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सले १ अर्ब २३ करोड ८ लाख ३० हजार ५२८ रुपैयाँ, शिखर इन्स्योरेन्सले ८ करोड ४३ लाख १३ हजार २० रुपैयाँ, प्रिमियर इन्स्योरेन्स कम्पनीले१३ करोड ८३ लाख १० हजार ७८१ रुपैयाँ, बुटवल पावर कम्पनीले ४९ करोड ९ लाख ४४ हजार ३०० रुपैयाँ बुझाउनुपर्ने भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: