काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक २७.७५ अंकले बढेर २०२२.३५ बिन्दुमा पुगेको हो ।
आइतबार नेप्सेमा कुल २९५ कम्पनीको १ करोड ७१ लाख ६६ हजार ४ सय ६५ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब १५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार हिमाल दोलखा हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको २५ करोड १२ लाख ९० हजार ७ सय ४६ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको छ ।
यस्तै आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा बोटलर्स नेपाल (बालाजु) लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा रिडी पावर कम्पनी, शिव श्री हाइड्रोपावर, बलेफी हाइड्रोपावर, दोर्दी खोला जल विद्युत कम्पनी र बिन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार हिमाल दोलखा हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको २५ करोड १२ लाख ९० हजार ७ सय ४६ रुपैयाँ ९० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट, अरुण काबेली पावर र युनाईटेड आइडीआइ मर्दी आरबी हाइड्रोपावरमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरूको सूचीः

यस्तै आइतबारको सेयर बजारमा हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको हो । हिमालयन लघुवित्तमा यस्तो गिरावट आउँदा एनएमबि माइक्रोफाइनान्स लघुवित्त, मानुषी लघुवित्त, कालिका लघुवित्त वित्तीय संस्था र ग्लोबल आइएमई ब्यालेन्स फण्ड-१ मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्