×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मिनी-बुल’को रौनक: सेयर बजारमा धेरै पछि ७ अर्वको ऐतिहसिक कारोबार, नेप्सेमा ३५.३९ अंकको बढोत्तरी

PRIME CA

‘मिनी-बुल’को रौनक: सेयर बजारमा धेरै पछि ७ अर्वको ऐतिहसिक कारोबार, नेप्सेमा ३५.३९ अंकको बढोत्तरी

अर्थ सरोकार

४ पुष २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ३५.३९ अंकले बढेर २१४१.८७  बिन्दुमा पुगेको हो ।

बुधबार नेप्सेमा कुल ३०६ कम्पनीको १ करोड ९९ लाख ६३ हजार ६  सय ४ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्व ९५ लाखमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ३७ करोड ३४ लाख ९७ हजार २ सय ६८ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा बोटलर्स नेपाल (बालाजु) लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा हिमालयन डिष्टिलरी, फरवार्ड माइक्रोफाइनान्स, एनआरएन इन्फ्रास्ट्रकचर, लिबर्टी इनर्जी कम्पनी र युनाईटेड आइडिआइ मर्दी आरबि हाइड्रोपावरका लगानीकर्ताहरु पनि मालामाल भएका छन् ।

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ३७ करोड ३४ लाख ९७ हजार २ सय ६८ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा सोल्टी होटल, सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड, हिमाल दोलखा हाइड्रोपावर, नेपाल इन्फ्रास्ट्रकचर बैंक र रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा पनि अत्याधिक कारोबार भएको छ ।

यस्तै बुधबारको सेयर बजारमा कुमारी धनवृद्धि योजनाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको हो । कुमारी धनवृद्धि योजनामा यस्तो गिरावट आउँदा नेरुडे लघुवित्त, माथिल्लो मैलुंग खोला जलविद्युत, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र तारागाउँ रिजेन्सी होटलमा पनि उच्च गिरावट देखिएको छ ।

सेयर बजारका तथ्यांकहरु नि:शुल्क हेर्न र आफ्नो कम्पनीबारे बुझ्न अर्थ सरोकार सेयरधनी पोर्टलमा जान सक्नुहुनेछ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: