×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगातारको बढोत्तरीपछि बिहीबार सेयर बजारमा ३२.७७ अंकको करेक्सन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

लगातारको बढोत्तरीपछि बिहीबार सेयर बजारमा ३२.७७ अंकको करेक्सन

Artha Sarokar

५ पुष २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सेयर बजारमा करेक्सन देखिएको छ । बिहीबार बजारमा ३२.७७ अंकको करेक्सन देखिएको हो ।

आज सेयर बजार मापक नेप्से परिसूचक बुधबारको तुलनामा ३२.७७ अंकले घटेर २१०९.१० बिन्दुमा पुगेको छ । बिहीबार सेयर बजारमा देखिएको घटाइलाई सेयर विश्लेषकहरुले सामान्य करेक्सन भनेका छन् ।

बिहीबार नेप्सेमा कुल ३०४ कम्पनीको १ करोड ७१ लाख ७२ हजार १ सय ४९ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्व २७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ३७ करोड ३४ लाख ९७ हजार २ सय ६८ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा बोटलर्स नेपाल (बालाजु) लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा आशा लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था, बिपीडब्लु लघुवित्त वित्तीय संस्था, चिरख्वा हाइड्रोपावर र भिजन लुम्बिनी उर्जा कम्पनीका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ३७ करोड ३४ लाख ९७ हजार २ सय ६८ रुपैयाँ ७० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड, हिमालयन डिष्टिलरी, हाथवे इन्भेस्टमेन्ट, घोराही सिमेन्ट र रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

यस्तै बिहीबारको सेयर बजारमा सूर्यज्योति लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको हो । सूर्यज्योति लाइफ इन्स्योरेन्समा यस्तो गिरावट आउँदाउन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, सनराइज फर्स्ट म्युचुअल फण्ड, ग्रामीण विकास बैंक र युनिअन हाइड्रोपावरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरूको सूचीः

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी