×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तीब्र उतारचढावका बीच २१.०३ अंकले घटेर बन्द भयो नेप्से, हात्ती भनिएको हाथवे पनि पछारियो !

PRIME CA

तीब्र उतारचढावका बीच २१.०३ अंकले घटेर बन्द भयो नेप्से, हात्ती भनिएको हाथवे पनि पछारियो !

अर्थ सरोकार

८ पुष २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । साताको कारोबारको पहिलो दिन सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक २१.०३ अंकले घटेर २०८८.०७ बिन्दुमा पुगेको छ ।

आइतबार नेप्सेमा कुल ३०९ कम्पनीको १ करोड ८५ लाख ८९ हजार ३ सय ७९ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्व ११ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ३० करोड ४३ लाख २८ हजार ६६ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ । आजको बजारमा ‘हात्ती’ भनिएको हाथवे इन्भेस्टमेन्ट पनि नेगेटिभ सर्किट कै हाराहारीमा घटेको छ ।

यस्तै आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा बोटलर्स नेपाल (बालाजु) लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा कालिका पावर कम्पनी, समलिङ्ग पावर, बिपिडब्लु लघुवित्त वित्तीय संस्था, चिरख्वा हाइड्रोपावर र मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस आइतबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूची:

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ । यस कम्पनीको ३० करोड ४३ लाख २८ हजार ६६ रुपैयाँ २० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा हाथवे इन्भेस्टमेन्ट, सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेड, घोराही सिमेन्ट, आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल इन्स्योरेन्स कम्पनीमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूची:

यस्तै आइतबारको सेयर बजारमा ज्योति विकास बैंक बोन्ड २०८७ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो ।  ज्योति विकास बैंक बोन्ड २०८७ मा यस्तो गिरावट आउँदा नेपाल रिपब्लिक मिडिया, हाथवे इन्भेस्टमेन्ट नेपाल, आखुँ खोला जलविद्युत र हिमालयन डिष्टिलरीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूची : 

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: