×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार पनि सेयर बजारमा १७.२३ अंकको घटोत्तरी, ‘मिड-टर्म करेक्सन’ सकिएको हो ?

PRIME CA

बुधबार पनि सेयर बजारमा १७.२३ अंकको घटोत्तरी, ‘मिड-टर्म करेक्सन’ सकिएको हो ?

अर्थ सरोकार

११ पुष २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । नेप्से परिसूचक १७.२३ अंकले घटेर २०७०.८४ बिन्दुमा पुगेको छ ।

बुधबार नेप्सेमा कुल ३०७ कम्पनीको १ करोड ४३ लाख ३७ हजार ७ सय ३८ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्व २४ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको १९ करोड ६६ लाख ६४ हजार ७ सय ९३ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ । जानकारहरुले बुधबारको करेक्सनसँगै मिड-टर्म करेक्सन सकिएको दाबी गरेका छन् ।

यस्तै बुधबारको सेयर बजारमा सबैभन्दा बढी नाफा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा इन्फिनिटी लघुवित्त वित्तीय संस्था, मनकामना इञ्जिनियरिङ्ग, चिरख्वा हाइड्रोपावर, नेपाल वेयरहाउजिङ्ग कम्पनी र भिजन लुम्बिनी उर्जाका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस बुधबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूची:

यसैबीच बुधबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको १९ करोड ६६ लाख ६४ हजार ७ सय ९३ रुपैयाँ १० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा शिवम् सिमेन्ट, सुर्यज्योती लाइफ इन्स्योरेन्स, हाथवे इन्भेस्टमेन्ट नेपाल, नेपाल रिपब्लिक मिडिया र रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूची:

यस्तै बुधबारको सेयर बजारमा बिपीडब्लु लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । बिपीडब्लुमा यस्तो गिरावट आउँदा हिमालयन हाइड्रोपावर, सुर्यज्योती लाइफ इन्स्योरेन्स, नेपाल रिपब्लिक मिडिया र हिमालयन पावर पार्टनरमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूची:

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: