×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

झिनो अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

प्रकाशित मिति : १२ पुष २०८०, बिहीबार

PRIME CA

झिनो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबारको तुलनामा नेप्से परिसूचक १.९३ अंकले घटेर २०६८.९० बिन्दुमा पुगेको छ ।

बिहीबार नेप्सेमा कुल ३०३ कम्पनीको १ करोड १६ लाख ५८ हजार १ सय १० कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्व २९ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज पनि सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको १४ करोड ३८ लाख ३७ हजार ३ सय ६५ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ ।

यस्तै बिहीबारको सेयर बजारमा सबैभन्दा बढी नाफा भिजन लुम्बिनी उर्जा कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलवा चिरख्वा हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट नेपाल, मनकामना इञ्जिनियरिङ्ग हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वयेरहाउजिङ्ग कम्पनीका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस बिहीबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूची :

यसैबीच बिहीबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार सोनापुर मिनिरल्स एण्ड आयल लिमिटेडको भएको छ । यस कम्पनीको १४ करोड ३८ लाख ३७ हजार ३ सय ६५ रुपैयाँ ४० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा शिवम् सिमेन्ट, घोराही सिमेन्ट, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स कम्पनी र माउन्टेन इनर्जी नेपालमा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बिहीबारको सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूची :

यस्तै बिहीबारको सेयर बजारमा धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको हो । धौलागिरी लघुवित्तमा यस्तो गिरावट आउँदा बिपीडब्लु लघुवित्त, उन्नति सहकार्य लघुवित्त, नेपाल इन्स्योरेन्स कम्पनी र अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस बिहीबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूची :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: