×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अर्थतन्त्र सुधार्न कांग्रेसले सरकारको नेतृत्व लिनुपर्छ’- कोइराला

PRIME CA

‘अर्थतन्त्र सुधार्न कांग्रेसले सरकारको नेतृत्व लिनुपर्छ’- कोइराला

अर्थ सरोकार

प्रकाशित मिति : १३ पुष २०८०, शुक्रबार

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देशको अर्थतन्त्र सुधार्न नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस, जिल्ला कार्यसमिति पाँचथरको प्रथम जिल्ला सम्मेलनमा सहभागी भएका नेता कोइरालाले पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले मुलुकको अर्थतन्त्र जटिल मोडमा पुगेको वास्तविकतातर्फ सर्वसाधारणको ध्यान आकर्षण गराएका छन् । साथै, नेता कोइरालाले अर्थतन्त्रलाई सुधार गरेर देशलाई सही दिशा दिन कांग्रेसले सरकारको नेतृत्व लिन ढिलाई गर्न नहुने बताएका छन् ।

देशमा सुशासन कायम नहुँदा अराजकता बढेको कोइरालाको भनाई छ । जनतामा व्याप्त निराशाको अन्त्यका लागि आफ्नो पार्टीले सरकारको नेतृत्व लिनुपर्नेमा जोड उनले जोड दिएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: