काठमाडौँ । सेयर बजारमा ‘बुल आएको हो वा होइन ?’ भन्ने विषय बहस सुरु भएको छ । लामो बियरिस, त्यसपछिको लामो साइडवेजपछि बढेको बजारले बलको लय लिएको हो वा होइन भन्ने बहस सुरु भएका बेला चर्चित सेयर लगानीकर्ता शिव चन्द्रले बुल बजारका लक्षणहरु बारे लेखेका छन् ।
उनका अनुसार बुल बजारका लक्षण यस्ता छन् :
१. चिया पसल ,किराना पसल , रेष्टुरेण्ट, सार्वजनिक स्थल जताततै सेयर कै चर्चा हुन थाल्छ ।
२. बियरिस बजारमा सेयरको नाम लिंदा नाक खुम्च्याउनेहरु “अलि अलि पैसा जुगाड थियो कुन सेयर किन्ने होला?” भनेर सोध खोज गर्न थाल्छन् ।
३. बैंकहरु ब्याजदर घटाउने प्रतिस्पर्धामा रहेका हुन्छन् ।
४. बैंक तथा बित्तिय सँस्थाहरुले सेयर कर्जालाई प्राथमिकतामा राख्छन् ।
५. मिडियाहरुले सेयर बजारको समाचारलाई उच्च प्राथमिकतामा राख्न थाल्छन् ।
६. लगानीकर्ताहरु आफुसँग रहेको सेयर बिक्री गर्नासाथ पछुताउने गर्छन् ।
७. कारोबार रकम दैनिक जसो बढ्दै जाने हुन्छ ।
८. लगानीकर्तालाई बिदा नआईदिए हुन्थ्यो जस्तो हुने शुक्रबार र शनिवार काट्न मुस्किल हुने हुन्छ ।
९. बिहान उठ्ने बित्तिकै कतिबेला ११ बज्ला जस्तो हुन्छ ।
१०. नयाँ नयाँ बिष्लेषकहरु जन्मदै जान्छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्