×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लघुवित्तलाई नियमन गर्न श्रीलंकामा नयाँ कानून प्रस्ताव, सञ्चालन र सुपरिवेक्षणका लागि छुट्टै निकाय बनाइने !

PRIME CA

लघुवित्तलाई नियमन गर्न श्रीलंकामा नयाँ कानून प्रस्ताव, सञ्चालन र सुपरिवेक्षणका लागि छुट्टै निकाय बनाइने !

अर्थ सरोकार

२० मंसिर २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । श्रीलंका न्याय, कारागार मामिला तथा संवैधानिक सुधारमन्त्री विजयदासा राजपाक्षेले देशमा लघुवित्त संस्थाहरूलाई नियमन गर्न नयाँ विधायिकी ढाँचा लागू गर्ने योजना सार्वजनिक गरेका छन् । लघुवित्तको बढ्दो संख्या र अव्यवस्थित नीतिका कारण मुलुकको वित्तीय क्षेत्रमा असल पुग्न सक्ने भन्दै राजापक्षले लघुवित्तको नियमनका लागि नयाँ कानूननका प्रस्ताव गरेका हुन् ।

उनले ठूलो संख्यामा लघुवित्त संस्था दर्ता नै नगरी सञ्चालन भइरहेको र लघुवित्त संस्थाहरूको अनियमित विस्तार हुनु गम्भीर चिन्ताको विषय भएको बताएका छन् ।

राजपाक्षेले लघुवित्त संस्थाहरूको सुपरिवेक्षण र सञ्चालनका लागि केन्द्रीय बैंकबाट अलग्गै एक समर्पित नियामक निकायको स्थापना गर्न आवश्यक रहेको बताएका छन् । श्रीलंकामा लघुवित्त वित्तीय संस्थाहरुलाई नियमन गर्न चाँडै नै बिस्तृत कानून ल्याइने भएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: