काठमाडौँ । सन् २०२३ को पहिलो ११ महिनामा श्रीलङ्काका आप्रवासी कामदारहरूले ५.४ अर्ब अमेरिकी डलर पठाएको यहाँको केन्द्रीय बैंक (सीबीएसएल)ले जारी गरेको एक तथ्याङ्कले देखाएको छ ।
‘कामदारहरूले नोभेम्बरमा ५३ करोड ७३ लाख अमेरिकी डलर विप्रेषण पठाएका छन्, जुन गत वर्षको सोही महिनाको ३८ करोड ४० लाखको डलरको तुलनामा ४० प्रतिशतले बढी हो’, सीबीएसएलको तथ्याङ्कमा उल्लेख छ ।
कामदारहरूले सन् २०२२ को पहिलो ११ महिनामा ३.३ अर्ब डलर पठाएको बैंकको तथ्याङ्कले देखाएको छ । प्रवासी कामदारले पठाउने रकम श्रीलङ्काका लागि विदेशी मुद्रा आर्जनकोे एक प्रमुख स्रोत हो ।
सन् २०२३ को नोभेम्बर महिनाको अन्त्यसम्म २७ लाख पाँच हजार श्रीलंकालीहरू वैधानिक रूपमा वैदेशिक रोजगारीका लागि बिदेश गएका विदेशमन्त्री अली साब्रीले संसदमा बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्