×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुध्रिएको श्रीलंकाः आर्थिक वृद्धिदर सकारात्मक, कृषि, उद्योग र सेवा क्षेत्रमा उल्लेख्य प्रगति, अर्थतन्त्र थप बलियो बन्दै !

PRIME CA

सुध्रिएको श्रीलंकाः आर्थिक वृद्धिदर सकारात्मक, कृषि, उद्योग र सेवा क्षेत्रमा उल्लेख्य प्रगति, अर्थतन्त्र थप बलियो बन्दै !

अर्थ सरोकार

१ पुष २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । श्रीलंकामा आर्थिक सुधार हुँदै गएको छ । दुई वर्षअघि आर्थिक संकटले घेरिएको श्रीलंकामा पहिलोपटक मुलुकको आर्थिक वृद्धिदर सकारात्मक देखिएको हो । श्रीलंकाली अधिकारीले आर्थिक वृद्धि भएकोमा खुशी व्यक्त गर्दै सोचे भन्दा पहिले नै स्थिरता प्राप्त भएको बताएका छन् । श्रीलंकाको जीडीपीले गत वर्षको तुलनामा २०२३ को तेस्रो त्रैमासिकमा १.६ प्रतिशतले वृद्धि गरेको छ ।

श्रीलंकाको जनगणना तथा तथ्याङ्क विभागले आर्थिक सुधारको प्रतिवेदन सार्वजनिक गरेको हो । विभागले सार्वजनिक गरेको दोस्रो त्रैमासको राष्ट्रिय लेखाअनुसार गत वर्षको पहिलो त्रैमासिकमा सुरु भएको मन्दीबाट अर्थतन्त्र उभिएको हो । श्रीलंकाको केन्द्रीय बैंकका गभर्नर नन्दलाल विरासिङ्घेले अर्थतन्त्रमा कृषि, उद्योग र सेवा गरी तीनवटा प्रमुख क्षेत्र रहेको बताएका छन् ।

तेस्रो त्रैमासमा कृषि क्षेत्र ३.० प्रतिशत, उद्योग ०.३ प्रतिशत र सेवा क्षेत्र १.३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो त्रैमासिकमा १२.६ प्रतिशतले वृद्धि भएपछि गैरकर अनुदान १३.६ प्रतिशतले बढेको थियो । वीरासिङ्घेले सोचेभन्दा पहिले नै आर्थिक वृद्धिदर दर्ता भएको बताएका छन् ।

विदेशी मुद्रा सञ्चितिको गम्भीर अभावका कारण श्रीलंका सबैभन्दा खराब आर्थिक संकटको चपेटामा परेको थियो । सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि पहिलो पटक मुलुक सबैभन्दा खराब अवस्थाबाट गुज्रिएको थियो । तर, अहिले क्रमशः आर्थिक अवस्थामा सुधार आउन थालेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: