Skip to content
LAXMI SUNRISE BANK

नयाँ स्टकबारे निर्णय गर्न बोर्डले सरकारलाई अनुरोध गर्ने

अर्थ सरोकार

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जबारे आवश्यक निर्णय गर्नका लागि सरकारलाई अनुरोध गर्ने भएको छ । बोर्डको शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले नयाँ स्टक एक्सचेञ्जबारे बोर्डले यसअघि नै अध्ययन गरिसकेकाले थप अध्ययन आवश्यक नभएको भन्दै लाइसेन्स प्रक्रियाका लागि आवश्यक निर्णय गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।

बोर्डले नयाँ स्टक एक्सचेञ्जबारे निर्णय गर्न अर्थ मन्त्रालयमार्फत नेपाल सरकारलाई अनुरोध गर्नेछ ।

यसो त बोर्डले गत आइतबार मात्रै नयाँ स्टक एक्सचेञ्जको विषयमा आवश्यक निर्णय गर्न भन्दै अर्थ मन्त्रालयमार्फत सरकारलाई पत्र पठाएको थियो । तर, अर्थले नयाँ स्टक एक्सचेञ्जबारे थप अध्ययन आवश्यक छ वा छैन ? भनेर थप स्पष्ट हुन खोजेको थियो । सोही अनुसार अर्थ मन्त्रालयले बोर्डको पत्रलाई मन्त्रिपरिषद्मा नलगी थप स्पष्ट बनाउन भन्दै पत्र फिर्ता पठाएको थियो ।

सोही अनुसार शुक्रबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले नयाँ स्टक एक्सचेञ्जबारे थप अध्ययन आवश्यक नभएको जवाफसहित स्पष्ट जवाफ पुनः सरकारलाई पठाउने निर्णय गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK