×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

त्रिभुवन विमानस्थलबाट फेरी साढे ६ किलो सुन बरामद !

PRIME CA

त्रिभुवन विमानस्थलबाट फेरी साढे ६ किलो सुन बरामद !

२४ मंसिर २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुनसहित विदेशी नागरिक पक्राउ परेका छन् । प्रहरीले अवैध सुनसहित इजिप्टका नागरिक सरिफ मोहमद लासिमलाई पक्राउ गरेको हो । 

उनलाई विमानस्थलबाट बाहिरिसकेपछि पक्राउ गरिएको त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख डिआईजी अर्जुन चन्दले जानकारी दिएका छन् । उनको साथबाट अवैधमा रुपमा तस्करी गरिएको साढे ६ किलो सुन पनि बरामद गरिएको छ । 

पक्राउ परेका इजिप्टका नागरिक फ्लाई दुबई एफजेड ५७३ विमानमार्फत नेपाल आएका थिए । साढे ६ किलो सुनसहित नेपाल आएका ती व्यक्ति भन्सारबाट पास भइ विमानस्थलबाट बाहिरिसकेको थिए । तर, शंकास्पद लागेपछि चेकजाँच गर्ने क्रममा उनको साथमा अर्ध ठोस अवस्थामा रहेको सुन फेला पारेको हो । उनले उक्त सुन ज्याकेटभित्र राखेर ल्याएका थिए । 

यसअघि १४ किलो सुनसहित पक्राउ परेका गोरखामा चन्द्र घले पनि सोही विमानमार्फत नेपाल आएका थिए । 

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट यसरी तस्करी गरिएको सुन भारततर्फ लैजाने तयारी रहेको बुझिएको छ । पक्राउ परेका इजिप्टका नागरिकसँगै प्रहरीले थप दुई जना सुडानी नागरिकलाई पनि संलग्नताको आशंकामा पक्राउ गरेको छ । हाल उक्त घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: