×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विद्युत प्राधिकरणले सडक बत्तीको पैसा तिर्नु भनेपछि विराटनगर महानगरले पोल भाडा र सम्पत्ति कर माग्यो

PRIME CA

विद्युत प्राधिकरणले सडक बत्तीको पैसा तिर्नु भनेपछि विराटनगर महानगरले पोल भाडा र सम्पत्ति कर माग्यो

अर्थ सरोकार

१५ मंसिर २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । विराटनगर महानगरपालिकाले नेपाल विद्युत प्राधिकरणलाई पोल भाडा र सम्पत्ति कर तिर्न ताकेता गरेको छ । महानगरले एक सूचना जारी गर्दै प्राधिकरणले सम्पत्ति कर र बिजुलीको पोलको भाडा तिर्न ताकेता गरेको हो । प्राधिकरणले सडक बत्तीको भाडा तिर्न महानगरलाई ताकेता गरेपछि महानगरले प्राधिकरणलाई पनि सम्पत्ति कर र पोल भाडा तिर्न ताकेता गरेको बुझिएको छ ।

यसअघि प्राधिकरणले सडक बत्तीको बक्यौता नतिरेको भन्दै महानगरका तीन वडाका सडक बत्तीको लाइन काटेको थियो । एक्कासी सडक बत्तीको लाइन काटेपछि आफूहरुले पनि उठ्न बाँकी रहेको रकम असुलीका लागि पहल गरको महानगरले जनाएको छ ।

महानगले प्राधिकरणसँग बिजुलीको पोलको भाडा र इन्टरनेट सेवा प्रदायकलाई दिएबापत भएको आम्दानीको १० प्रतिशत बहाल कर तिर्न पनि ताकेता गरेको छ ।

प्राधिकरणका अनुसार महानगरले सडक बत्तीको मात्रै ८ करोड ६६ लाख ८ हजार ७ सय ७ रुपैयाँ तिर्न बाँकी छ । उक्त बक्यौता तिर्नका लागि प्राधिकरणले असोज २१ गते गारखापत्रमा ४५ दिने सूचनासमेत निकालेको थियो ।

यता महानगरले भने प्राधिकरणले सम्पत्ति करबापतको ३ करोड ८१ लाख ८५ हजार ७ सय ३३ रुपैयाँ र २३ हजार १ सय ५१ बिजुलीको पोलको भाडा ६ करोड १९ लाख २८ हजार ९ सय २५ रुपैयाँ गरी कुल १० करोड १ लाख १४ हजार ६ सय ५८ रुपैयाँ कर तिर्न बाँकी रहेको जनाएको छ । महानगरले प्राधिकरणको नाममा पत्र लेख्दै उक्त रकम चुक्ता गर्न ताकेता गरेको छ ।

हाल उक्त समस्या समाधानका लागि दुवै पक्षबीच छलफल भइरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: