×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टिकटक प्रतिबन्धको सरकारी निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदै, टिकटमाथिको प्रतिबन्ध हट्ला ?

PRIME CA

टिकटक प्रतिबन्धको सरकारी निर्णयविरुद्धको रिटमा आज सुनुवाइ हुँदै, टिकटमाथिको प्रतिबन्ध हट्ला ?

१९ मंसिर २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध दायर गरिएको रिट निवेदनमाथि सर्वोच्च अदालतमा आज सुनुवाई हुँदैछ । यसअधि सर्वोच्च अदालतमा दर्ता भएका १४ वटा रिटमाथि एकसाथ सनुुवाइ गर्दै न्यायाधीश विनोद शर्माका इजलासले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।

पारिवारिक र सामाजिक सद्भाव विथोलिएको भन्दै गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल दूरसञ्चार प्राधिकरण अन्तर्गत रहेका इन्टरनेट सेवा प्रदायकलाई पत्राचार गर्दै टिकटकमाथि पूर्णरुपमा प्रतिबन्ध लगाउन निर्देशन दिने निर्णय गरेको थियो । पछि विभिन्न राजनीतिक दलका नेताहरुले टिकटकमाथिको प्रतिबन्ध लोकतन्त्र विरुद्धको कदम भन्दै सरकारको आलोचना गरेका थिए ।

सरकारले टिकटक बन्द गरेपछि कानुन व्यवसायी दिनेश त्रिपाठीले सर्वोच्चमा सरकारको निर्णयविरुद्ध रिट दायर गरेका थिए । सरकारको सो निर्णयले नागरिकको संवैधानिक अधिकार हनन गरेको भन्दै अन्य १३ वटा रिट समेत परेका थिए ।

आजको सुनुवाईबाट टिकटकमाथिको प्रतिबन्ध खुल्ने जानकारहरु बताउँछन् । यसअघि पनि सरकारले ‘पब्जी’माथि लगाएको प्रतिबन्ध अदातलको आदेशपछि हटेकोले यसपाली पनि टिकटकको सन्दर्भमा यस्तै हुने धेरैको अनुमान छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: