×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टिकटक प्रतिबन्धविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा

PRIME CA

टिकटक प्रतिबन्धविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा

१९ मंसिर २०८०, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्धा ‘हेर्न नभ्याइने’मा परेको छ । मंगलबार न्यायाधीशद्वय सुष्मालता माथेमा र विनोद शर्माको संयुक्त इजलाशले टिकटक प्रतिबन्धको सरकारी निर्णयविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो ।

यसअघि मंसिर ७ गते टिकटक प्रतिबन्धविरुद्धको रिटमाथि भएको सुनुवाईमा सर्वोच्चले सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै १९ मंसिर (आज) का लागि पेशी तोकेको थियो । तर, मंगलबार टिकटक प्रतिबन्धविरुद्धको मुद्धा हेर्न नभ्याइनेमा परेको छ ।

टिकटक प्रतिबन्धविरुद्ध अदालतमा १४ वटा रिट निवेदन दर्ता भएका छन् । गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: