×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउन डब्लुएचओको आग्रह

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउन डब्लुएचओको आग्रह

Artha Sarokar

२९ मंसिर २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले संसारका सबै देशहरुलाई सुर्तीजन्य उत्पादनहरूमा प्रतिबन्ध लगाउन आग्रह गरेको छ । डब्लुएचओले विभिन्न स्वादमा उपलब्ध गराइने ई-चुरोट (भेप) को प्रयोगबाट युवाहरू निकोटिनको लतमा परेको उल्लेख गर्दै त्यसलाई रोक्न आग्रह गरेको हो ।

विभिन्न स्वादमा दिइने ई-चुरोटले युवालाई लतको सिकार बनाउँदै लगेको डब्लुएचओले जनाएको छ । धुम्रपानको विकल्पका रूपमा सुर्तीजन्य पदार्थ कम्पनीहरूले ई-सिगरेटलाई प्रस्तुत गरिरहेका छन् ।

डब्लुएचओका महानिर्देशक टेड्रोस गेब्रेयससले १३–१४ वर्षका बालबालिकाहरूले ई-सिगरेट प्रयोग गरिरहेको बताउँदै उनीहरू निकोटिनको लतमा परेकाले पनि यस विषयमा कडा कदम चाल्न जरुरी भएको उल्लेख गरेका छन् ।

‘डब्ल्यूएचओलाई राष्ट्रिय नियमहरूमा कुनै अधिकार छैन । तर, यो सिफारिसहरू सबै देशहरूले स्वेच्छिक रूपमा स्वीकार गर्ने अपेक्षा गरिएको छ, जुन अहिलेसम्म भएको छ ।’, डब्लुएचओका महानिर्देशकले भने, ‘फिलिप मोरिस इन्टरनेसनल र ब्रिटिश अमेरिकन टोब्याको जस्ता केही प्रमुख चुरोट कम्पनीहरूले भेपको माध्यमबाट सिगरेट खपतको लागि भविष्यको वैकल्पिक रणनीतिहरूमा काम गरिरहेका छन्, यो खतरनाक छ ।’

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी