×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युद्धले गिजोलेको युक्रेनको दैनिकी… (फोटो-कथा)

PRIME CA

युद्धले गिजोलेको युक्रेनको दैनिकी… (फोटो-कथा)

अर्थ सरोकार

प्रकाशित मिति : १५ पुष २०८०, आईतवार

काठमाडौँ । पछिल्लो लामो समयदेखि चलिरहेको रुस–युक्रेनबीचको युद्ध उत्कर्षमा पुगेको छ । विभिन्न समयमा युद्धविरामका लागि विभिन्न सम्झौता वा सहमतिको प्रयास भए पनि युद्धले झनै भयावह रुप लिँदै गएको देखिन्छ । शुक्रबार मात्रै रुसले युक्रेनमाथि गरेको भीषण हवाई आक्रमणले पनि यसलाई थप पुष्टि गर्दछ । अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार शुक्रबार युक्रेनमाथि भएको रुसी हवाई आक्रमण अहिलेसम्मकै ठूलो थियो ।

उक्त हवाई आक्रमणमा परी युक्रेनमा कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएका छन् । युक्रेनी अधिकारीहरूका अनुसार ब्यारेज, विद्यालय, प्रसूति गृह, व्यापारिक केन्द्र र आवासीय भवनमा क्षति पुगेको छ । रुसी आक्रमणबाट युक्रेनको पछिल्लो दैनिकी झनै कष्ठकर बनेको छ ।

रुसी आक्रमणपछि हामीले युक्रेनको अवस्थालाई विभिन्न एजेन्सीको सहयोगमा तस्विरमा कैद गर्ने प्रयास गरेका छौँ । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: