काठमाडौं । कमोडिटी एक्सचेन्ज तत्काल संचालनको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । मंगलबार अधिवक्ता रुपेश पोखरेलले तत्काल कमोडिटी एक्सचेन्ज संचालनको माग गर्दै रिट दायर गरेका हुन् ।
कमोडिटी एक्सचेन्ज संचालनको लागि आवेदन माग गरिएको तर वस्तु विनिमय बजार सम्बन्धि ऐनमा तोकिएको अवधि व्यतित भईसक्दा समेत कमोडिटी एक्सचेन्ज संचालनको लागि अनुमति प्रदान नभएकोले तत्काल कमोडिटी एक्सचेन्ज संचालनको लागि आदेश दिन रिटमा माग गरिएको छ ।
आदलतले उक्त मुद्दाको पेशी पुस २९ गतेको लागि तोकेको छ । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, धितोपत्र बोर्ड र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई विपक्षी बनाइएको छ ।
वस्तु विनिमय बजार सम्बन्धि ऐन, २०७४ को दफा ५ को उपदफा (१) को प्रावधान अनुसार लगानिकर्ता र सर्वसाधरणको हित हुने कुरामा बोर्ड सन्तुष्ट भएमा वस्तु विनिमय बजारको हकमा एक सय बीस दिनभित्र र वस्तु कारोबार व्यवसाय, राफसाफ तथा फस्र्यौट व्यवसाय वा वेयरहाउस सञ्चालनको हकमा ९० दिन भित्र नेपाल धितोपत्र बोर्डले तोकिए बमोजिम ढाँचामा अनुमतिपत्र दिनु पर्ने उल्लेख छ ।
त्यस्तै, ऐनको दफा ५ को उपदफा (२) को प्रावधान अनुसार निवेदन र कागजातको अध्ययन गर्दा थप विवरण वा कागजात माग गर्न वा पेश भएको विवरण वा कागजातका सम्बन्धमा थप स्पष्ट गर्नु पर्ने देखिएमा सो गर्न बढीमा तीस दिनको अवधि तोकी आदेश दिन सक्ने व्यवस्था छ । तर वस्तु विनिमय बजार सम्बन्धि ऐन, २०७४ ले तोकेको समय व्यतित भैसक्दा पनि बजार सञ्चालन गर्न बोर्डले अनुमति नदिएको भन्दै अधिवक्ता पोखरेलले सर्वोच्चमा रिट दायर गरेका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्