×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एआईका कारण ४० प्रतिशत जागिर धरापमा !

PRIME CA

एआईका कारण ४० प्रतिशत जागिर धरापमा !

१ माघ २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । एआईका कारण विश्वभर ४० प्रतिशत मानिसहरुको जागिर धरापमा परेको छ । अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले गरेको विश्लेषणअनुसार कृतिम बौद्धिकता (एआई) प्रविधि र एआई टूल्सका कारण संसारभरका ४० प्रतिशत मानिसहरुको जागिर धरापमा परेको हो ।

आईएमएफको विश्लेषणअनुसार सन् २०२४ मा संसारभरका करोडौँ मानिसहरुले जागिर गुमाउने देखिएको छ ।

एआईका कारण उदीयमान बजार र कम आय भएको देशको तुलनामा उन्नत अर्थव्यवस्था भएको देशहरुले धेरै जोखिमको सामना गर्नुपर्ने आईएमएफले जनाएको छ ।

अहिले पनि एआईका कारण विश्वका विभिन्न देशहरुमा जागिर गुमाउनेहरुको संख्या ठूलो छ । नेपालमै पनि एआई प्रविधिको विकाससँगै ग्राफिक्स डिजाइनर, अनुवादक लगायतका क्षेत्रमा नागरिकहरुले जागिर गुमाएका छन् । यही स्थिति रहे आगामी वर्ष एआईका कारण जागिर गुमाउनेको सख्ंया झनै ठूलो हुने अनुमान गरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: