×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उड्दाउड्दै ढोका खसेको विमानको बोल्टहरु कस्नुपर्ने निष्कर्ष

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

उड्दाउड्दै ढोका खसेको विमानको बोल्टहरु कस्नुपर्ने निष्कर्ष

२४ पुष २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । उड्दाउड्दै ढोका खसेको बोइङ ७३७ म्याक्स ९ मोडेलका विमानका बोल्टहरु कस्नुपर्ने निष्कर्ष निस्किएको छ ।

अलास्का एयरलाइन्सको विमानको उड्दाउड्दै ढोका भुँइमा खसेपछि प्राविधिक टोलीले गरेको छानबिनपछि बोइङ ७३७ म्याक्स ९ मेडेलका विमानका बोल्टहरु अलिकति कस्नुपर्ने निष्कर्ष निकालेको हो ।

गत शुक्रबार अमेरिकाको पोर्टल्याण्डबाट ओन्टारियो (क्यालिफोर्निया) गइरहेको अलास्का एयरलाइन्सको विमानको आपतकालीन ढोका उडानकै क्रममा भुँइमा खसेको थियो ।

उक्त घटनापछि हाल अमेरिकाको संघीय उड्डयन प्रशासनले बोइङ ७३७ म्याम्स ९ मोडेलका १७१ वटा विमान ग्राउन्डेड गरिदिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: