Skip to content
LAXMI SUNRISE BANK

भारतमा एटिएम मेसिन नै चोरी !

अर्थ सरोकार

काठमाडौँ । भारतको आगरामा एटिएम मेसिन नै चोरी भएको छ । आइतबार राती करिब अढाई बजे आगराको कागारौल गाउँस्थित एसबिआई बैंकको एटिएम मेसिन नै चोरी भएको हो ।

करिब चार–पाँच जनाको समूहमा आएका व्यक्तिहरुले बैंकको एटिएम मेसिन नै चोरेको दृश्य सीसीटिभी क्यामेरामा कैद भएको छ । सीसीटिभी फुटेजमा उनीहरुले एटिएम मेसिनलाई पिकअम भ्यानमा राखेर लगेको देखिएको छ ।

एटिएम बुथबाट आवाज आएपछि एटिएम रहेको घरको माथिल्लो तल्लामा बस्ने रामनिवास रावतले प्रहरीलाई खबर गरेका थिए । उक्त खबर पाएको केही बेरमा प्रहरी घटनास्थल पुग्दा चोरहरुले मेसिन नै गायब गरिसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय प्रहरीका अनुसार चोरी भएको उक्त मेसिनमा २९ देखि ३० लाख रुपैयाँ नगद रहेको थियो । हाल एटिएम मसिन नै चोरी गर्नेहरुको खोजीकार्य भईरहेको भारतीय प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK