×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकलाई झुर सेवाका लागि गाली गर्न मन लाग्यो ? कि राम्रो सुविधाका लागि धन्यवाद दिन मन लाग्यो ? अव आफैँ गर्नुहोस् बैंकको रेटिङ !

PRIME CA

बैंकलाई झुर सेवाका लागि गाली गर्न मन लाग्यो ? कि राम्रो सुविधाका लागि धन्यवाद दिन मन लाग्यो ? अव आफैँ गर्नुहोस् बैंकको रेटिङ !

१८ पुष २०८०, बुधबार

पढ्न लाग्ने समय: < २ मिनेट

काठमाडौँ । अर्थ सरोकार डटकमले बैंकको रेटिङ स्वयम् ग्राहकले गर्न सक्नेगरी प्लेटफर्म सार्वजनिक गरेको छ । ‘बैंकर दाई’ नाम दिईएको सो प्लेटफर्ममा अव प्रयोगकर्ताले आफ्नो बैंकको सेवा सुविधाका आधारमा बैंकलाई रेटिङ गर्न सक्नेछन् ।
हाल ग्राहकले बैंकलाई एक देखि ५ तारासम्म रेटिङ दिन सक्नेछन् । यहि रेटिङका आधारमा सम्बन्धित बैंकले ग्राहकले आफ्नो बैंकलाई कसरी हेरिरहेका छन् भन्ने बुझ्न सक्ने विश्वास अर्थ सरोकारले लिएको छ । हालसम्म यस्तो सुविधा कतै थिएन । अव एकै ठाउँमा केहि क्लिकमार्फत ग्राहकले आफ्नो बैंकलाई रेटिङ दिन सक्नेछन् ।
कुन बैंकले कति रेटिङ पायो भन्ने विवरण पनि बैंकर दाई प्लेटफर्ममा सहजै हेर्न सकिन्छ ।
बैंकलाई मात्र होइन, प्रयोगकर्ताले अव आफुले रुचाएको बैंकको सीइओलाई पनि ‘लाइक’ गर्न सक्नेछन् । प्रत्येक लाईकलाई एक भोट गनी हरेक दिन पछिल्लो एक महिनामा सबैभन्दा बढी कुन बाणिज्य बैंक, कुन बिकास बैंक, कुन फाइनान्स र कुन लघुवित्त कम्पनीको सीइओले जनताको सबैभन्दा बढी भोट पाए भन्ने तथ्यमा आधारित रहेर बैंकर दाई प्लेटफर्ममा ‘सीइओ अफ द मन्थ’को घोषणा हुनेछ । बर्षभरी बैंक र बैंकका सीइओहरुले पाएको भोटका आधारमा बर्षमा एक पटक बैंक अफ द एयर र सीइओ अफ द एयरको सो सिष्टममा स्वत: घोषणा हुनेछ ।
अरु के के छन् बैंकर दाईका सेवाहरु ?
१. नेपालका बैंकहरुले दिने कर्जाबारे जानकारी ।
२. तपाईंले बचत वा मुद्दती निक्षेपमा पैसा राख्न चाहेमा कुन बैंकले कति ब्याज दिन्छ भन्ने जानकारी ।
३. कुन बैंकको आधार दर र निष्क्रिय कर्जा कति छ भन्ने विवरण ।
४. बैंकहरुले दिने क्रेडिट कार्डबारे जानकारी ।
५. कुन बैंकबाट ऋण लिँदा सबैभन्दा सस्तो पर्छ भन्ने जानकारी
६.बैंकको सेवा मन परेको खण्डमा वा मन नपरेको खण्डमा सम्बन्धित बैंकलाई रेटिङ गर्न सक्ने सुविधा
७. सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको गुनासो गर्ने ठाउँसम्बन्धि एकिकृत जानकारी तथा राष्ट्र बैंकको गुनासो गर्ने इकाईको अनलाइन लिंक।
८. बैंकहरुले गुनासोको सम्बोधन नगरे, अर्थ सरोकारमार्फत गुनासो सम्बोधनका लागि दबाब दिने सुविधा ।
९. बैंक तथा लघुवित्तका कर्मचारीहरुले आफूहरुमाथि अन्याय महसुस गरेको खण्डमा अफिसर वा सो भन्दा तल्लो तहका कर्मचारीहरुलाई नि:शुल्क कानुनी सेवा ।
१०. बैंक तथा वित्तीय संस्था सम्बन्धि सबै भ्याकेन्सी अव एकै ठाउँमा हेर्न मिल्ने सुविधा
११. बैंकिङ तयारी गरिरहेकाहरुलाई अनलाइनमै मोडल परिक्षा दिने सुविधा
१२. बैंकबाट ऋण लिने चाहानेहरुलाई अनलाइनमार्फत नि:शुल्क परामर्श
१३. तपाईंलाई बैंकले कतिसम्म ऋण दिन सक्छ भन्ने जानकारी पाइने ‘इलिजिबिलिटी टेष्ट’
१४. सबै बैंक तथा वित्तीय संस्थाका जानकारी एकै पोर्टलमा हेर्न पाइने सुविधा
१५. तपाईंलाई मन पर्ने सीइओलाई भोट गर्ने सुविधा
१६. तपाईं कार्यरत बैंकको बैंकको बार्षिकोत्सव कहिले हो भन्ने जानकारी । बार्षिकोत्सव आउन कति समय लाग्छ भन्ने विवरण । (बैंकका कर्मचारीहरुका लागि)
१७. बजारमा सबैभन्दा चर्चित कर्जाका प्रोडक्ट र चर्चित निक्षेपका प्रोडक्टहरु कुन कुन हुन् भन्ने जानकारी ।
१८. बैंकर, ऋणी र बैंकिङ तयारी गरिरहेकाहरुका लागि छुट्टै सामाजिक सञ्जालको सुविधा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: