काठमाडौँ । के तपाई शैक्षिक कर्जा लिने सोच्दै हुनुहुन्छ ? अध्ययनका लागि जापान, अष्ट्रेलिया, क्यानडा वा बेलायत जानका लागि सस्तो ब्याजमा कर्जा दिने बैंकको खोजि गर्दैहुनुहुन्छ ? वा कुन बैंकले कति ब्याजमा शैक्षिक कर्जा दिन्छन् भन्ने कुरामा अलमल हुनुहुन्छ ? यदी हुनुहुन्छ भने तपाईको सहजताका लागि अर्थ सरोकार डटकमले ‘बैंकर दाइ’ सार्वजनिक गरेको छ ।
अर्थ सरोकारले सार्वजनिक गरेको ‘बैंकर दाइ’ प्लेटफर्ममार्फत अध्ययनका लागि विदेश जान खोज्ने र शैक्षिक कर्जा लिन चाहनेहरुले कुन देश जाँन कुन बैंकले कति ब्याजदरमा कर्जा दिन्छन् भन्ने जानकारी सहजै पाउन सक्नेछन् । जहाँ शैक्षिक अध्ययनका लागि अष्ट्रेलिया, जापान, क्यानडा, बेलायत र अमेरिका जान कर्जा लिने सोच बनाएकाहरुले कुन बैंकले कति ब्याजदरमा ऋण दिन्छन् भन्ने विवरण बैंकर दाइ प्लेटफर्ममा हेर्न सकिने अर्थ सरोकारले जनाएको छ ।
त्यस्तै, ‘बैंकर दाइ’ प्लेटफर्ममार्फत कुन बैंकले कति ब्याजमा ऋण दिन्छन् ? वा कुन बैंकबाट शैक्षिक ऋण लिँदा सस्तो पर्छ ? मात्र होइन ऋण लिँदा के-के कागजात चाहिन्छ लगायतका जानकारी पनि लिन सकिनेछ । योसँगै ऋण लिने प्रक्रिया नबुझे वा विज्ञको सल्लाह चाहिए, अर्थ सरोकारको बैंकर दाइ प्लेटफर्ममा सो सेवा पनि उपलब्ध रहेको अर्थ सरोकारले जनाएको छ ।
अरु के-के छन् बैंकर दाइका सेवाहरु ?
१. नेपालका बैंकहरुले दिने कर्जाबारे जानकारी ।
२. तपाईंले बचत वा मुद्दती निक्षेपमा पैसा राख्न चाहेमा कुन बैंकले कति ब्याज दिन्छ भन्ने जानकारी ।
३. कुन बैंकको आधार दर र निष्क्रिय कर्जा कति छ भन्ने विवरण ।
४. बैंकहरुले दिने क्रेडिट कार्डबारे जानकारी ।
५. कुन बैंकबाट ऋण लिँदा सबैभन्दा सस्तो पर्छ भन्ने जानकारी
६.बैंकको सेवा मन परेको खण्डमा वा मन नपरेको खण्डमा सम्बन्धित बैंकलाई रेटिङ गर्न सक्ने सुविधा
७. सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको गुनासो गर्ने ठाउँसम्बन्धि एकिकृत जानकारी तथा राष्ट्र बैंकको गुनासो गर्ने इकाईको अनलाइन लिंक।
८. बैंकहरुले गुनासोको सम्बोधन नगरे, अर्थ सरोकारमार्फत गुनासो सम्बोधनका लागि दबाब दिने सुविधा ।
९. बैंक तथा लघुवित्तका कर्मचारीहरुले आफूहरुमाथि अन्याय महसुस गरेको खण्डमा अफिसर वा सो भन्दा तल्लो तहका कर्मचारीहरुलाई निःशुल्क कानुनी सेवा ।
१०. बैंक तथा वित्तीय संस्था सम्बन्धि सबै भ्याकेन्सी अव एकै ठाउँमा हेर्न मिल्ने सुविधा
११. बैंकिङ तयारी गरिरहेकाहरुलाई अनलाइनमै मोडल परिक्षा दिने सुविधा
१२. बैंकबाट ऋण लिने चाहानेहरुलाई अनलाइनमार्फत निःशुल्क परामर्श
१३. तपाईंलाई बैंकले कतिसम्म ऋण दिन सक्छ भन्ने जानकारी पाइने ‘इलिजिबिलिटी टेष्ट’
१४. सबै बैंक तथा वित्तीय संस्थाका जानकारी एकै पोर्टलमा हेर्न पाइने सुविधा
१५. तपाईंलाई मन पर्ने सीइओलाई भोट गर्ने सुविधा
१६. तपाईं कार्यरत बैंकको बैंकको बार्षिकोत्सव कहिले हो भन्ने जानकारी । बार्षिकोत्सव आउन कति समय लाग्छ भन्ने विवरण । (बैंकका कर्मचारीहरुका लागि)
१७. बजारमा सबैभन्दा चर्चित कर्जाका प्रोडक्ट र चर्चित निक्षेपका प्रोडक्टहरु कुन कुन हुन् भन्ने जानकारी ।
१८. बैंकर, ऋणी र बैंकिङ तयारी गरिरहेकाहरुका लागि छुट्टै सामाजिक सञ्जालको सुविधा ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्