×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाली बैंकर, र बैंकिङ तयारी गर्नेहरुका लागि छुट्टै सामाजिक सञ्जाल, करियर र कामबारे गर्नुहोस् गफ ‘बैंकिङ चौतारी’मा !

PRIME CA

नेपाली बैंकर, र बैंकिङ तयारी गर्नेहरुका लागि छुट्टै सामाजिक सञ्जाल, करियर र कामबारे गर्नुहोस् गफ ‘बैंकिङ चौतारी’मा !

१८ पुष २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपालका बैंकर, बैंकका ऋणी र बैंकिङ तयारी गरिरहेकाहरुका लागि छुट्टै सामाजिक सञ्जालसहितको प्लेटफर्म सार्वजनिक भएको छ । अर्थ सरोकार डटकमले बैंकर दाई सब डोमेन राखेर सार्वजनिक गरेको सो सामाजिक संजालमा सदस्य भई बैंकका कर्मचारी, तथा बैंकको जागिरका लागि तयारी गरिरहेकाहरुले विभिन्न खाले छलफलमा भाग लिन सक्नेछन् ।
‘बैंकिङ चौतारी’ नाम दिईएको सो सामाजिक सञ्जालमा बैंकमा काम गरिरहेका कर्मचारी र बैंक जागिरका लागि तयारी गरिरहेकाहरुले सहभागीता जनाउन सक्नेछन् । सो प्लेटफर्ममार्फत बैंकर तथा बैंकिङको तयारी गरिरहेकाहरुले करियर र कामको गफ गर्न सक्नेछन् । यसलाई सिकाउने र सिक्ने थलोको रुपमा बिकास गर्न खोजिएको अर्थ सरोकार डटकमका प्रबन्ध निर्देशक सुरज प्याकुरेलले जनाएका छन् ।
‘बैंकिङको तयारी गरिरेहकाहरुलाई बैंकमा काम गरिरहेकाहरुले सहयोग गर्न सक्छन् । बैंकरहरुबीच पनि कामको र बैंकिङ क्षेत्रमा भईरहेको समसामयिकक विषयमा कुरा हुन सक्छ । बैंकका कर्मचारीहरुलाई कुनै कानुनी जटिलता पर्यो भने पनि हामीले ‘वकिल अङ्कल’ नाम दिएर सहयोग डेस्क स्थापना गरेका छौँ । यसले बैंकका समग्र कर्मचारीहरुलाई सहयोग पुग्ने विश्वास हामीले लिएका छौँ ।’ प्रबन्ध निर्देशक प्याकुरेलले भने ।
अरु के के छन् बैंकर दाईका सेवाहरु ?
१. नेपालका बैंकहरुले दिने कर्जाबारे जानकारी ।
२. तपाईंले बचत वा मुद्दती निक्षेपमा पैसा राख्न चाहेमा कुन बैंकले कति ब्याज दिन्छ भन्ने जानकारी ।
३. कुन बैंकको आधार दर र निष्क्रिय कर्जा कति छ भन्ने विवरण ।
४. बैंकहरुले दिने क्रेडिट कार्डबारे जानकारी ।
५. कुन बैंकबाट ऋण लिँदा सबैभन्दा सस्तो पर्छ भन्ने जानकारी
६.बैंकको सेवा मन परेको खण्डमा वा मन नपरेको खण्डमा सम्बन्धित बैंकलाई रेटिङ गर्न सक्ने सुविधा
७. सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको गुनासो गर्ने ठाउँसम्बन्धि एकिकृत जानकारी तथा राष्ट्र बैंकको गुनासो गर्ने इकाईको अनलाइन लिंक।
८. बैंकहरुले गुनासोको सम्बोधन नगरे, अर्थ सरोकारमार्फत गुनासो सम्बोधनका लागि दबाब दिने सुविधा ।
९. बैंक तथा लघुवित्तका कर्मचारीहरुले आफूहरुमाथि अन्याय महसुस गरेको खण्डमा अफिसर वा सो भन्दा तल्लो तहका कर्मचारीहरुलाई नि:शुल्क कानुनी सेवा ।
१०. बैंक तथा वित्तीय संस्था सम्बन्धि सबै भ्याकेन्सी अव एकै ठाउँमा हेर्न मिल्ने सुविधा
११. बैंकिङ तयारी गरिरहेकाहरुलाई अनलाइनमै मोडल परिक्षा दिने सुविधा
१२. बैंकबाट ऋण लिने चाहानेहरुलाई अनलाइनमार्फत नि:शुल्क परामर्श
१३. तपाईंलाई बैंकले कतिसम्म ऋण दिन सक्छ भन्ने जानकारी पाइने ‘इलिजिबिलिटी टेष्ट’
१४. सबै बैंक तथा वित्तीय संस्थाका जानकारी एकै पोर्टलमा हेर्न पाइने सुविधा
१५. तपाईंलाई मन पर्ने सीइओलाई भोट गर्ने सुविधा
१६. तपाईं कार्यरत बैंकको बैंकको बार्षिकोत्सव कहिले हो भन्ने जानकारी । बार्षिकोत्सव आउन कति समय लाग्छ भन्ने विवरण । (बैंकका कर्मचारीहरुका लागि)
१७. बजारमा सबैभन्दा चर्चित कर्जाका प्रोडक्ट र चर्चित निक्षेपका प्रोडक्टहरु कुन कुन हुन् भन्ने जानकारी ।
१८. बैंकर, ऋणी र बैंकिङ तयारी गरिरहेकाहरुका लागि छुट्टै सामाजिक सञ्जालको सुविधा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: